नेपालमा आज थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप भएका सँगै अहिलेसम्म १० हजार ७ सय २८ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच विगत २४ घण्टमा १ सय १४ जना कोरोनामुक्त भएका छन । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २ हजार ३ सय ३८ पुगेको छ ।
विगत २४ घण्टामा ६ हजार ८ सय २८ जनाको पिसिआर र १२ हजार ११२ जनाको आरडिटी विधिबाट नमुना परीक्षण भएको छ । हाल नेपालका विभिन्न क्वारेन्टाइनमा रहेकाहरुको संख्या ७८ हजार ६ सय ३९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।-