eNepal

ईभेन्टमा दर्शकहरु किन पातलिदै छन्?

ईभेन्ट आयोजकहरुले सोच्न बाध्य हुने भईसकेको छ।आज भन्दा केही बर्ष अगाडी बर्षमा केही ईभेन्टहरु हुन्थे तर भव्य र तारीफ योग्य हुन्थे। कसैलाई आईदेउ भनेर रोईकराई गर्नु पर्दैन थियो।मानिसहरु स्वतस्फुर्त आउँथे मनोरन्जन गर्थे। ईभेन्ट आयोजकहरुलाई नि मनग्य नाफानै हुन्थ्यो । तर आजकाल हप्तै पिच्छे ईभेन्टहरु हुन्छन् चाहे चलचीत्र प्रदर्शन होस या साङ्गीतिक कार्यक्रम तर पहिलाका भन्दा कम मान्छेहरु आउने गरेको पाईएको छ।किन दर्शक श्रोताहरु पातलिदै गएका हुन्।यो सम्भवतः अहिले ईभेन्ट आयोजकहरुको आपसि बहसको बिषय हुनसक्छ।

हुन त समाज पक्कै पनि बड्दो रुपमा छ।हरेक दिन नेपालीको जमात बढ्दो छ।यहिलाई मध्यनजर लगाउने हो भने पनि ईभेन्टमा मान्छे खचाखच हुन पर्ने।तर किन सोचे अनुरुपको दर्शकहरु नआएका होलान्।के कारणहरु हुन सक्छन् यसको पछाडी यो गम्भिर बिषय हुन सक्छ।

कतै ईभेन्ट धेरै भएर दर्शकहरु वाक्क दिक्कपो भएका हुन् कि। हामीलाई थाहा भएको कुरा हो अक्सर बिदेशमा धेरै मात्रामा बिधार्थीहरुको सँख्या रहेको छ। हरेक हप्ताहुने कार्यक्रममा रमाईलो गर्न कतै उनीहरुको बजेटले नधानेक पो हो की? कतै काम कलेज असाईन्मेन्ट अनि पारिबारीक तनाबले बिधार्थीहरु नआएका पो हुन् कि!

कार्यक्रम हुने दिन के कस्तो छ।दिन र समय पनि अर्को मुख्य तत्व हुन सक्छ। बिधार्थीहरु प्राय विकेन्डमा काम गर्ने गर्छन् भने हप्ताको पहिलो दिन सोमबार प्राय बिधार्थीहरुको कलेज हुने गर्छ।यसले पनि ईभेन्टलाई प्रभाव पार्न सक्छ।

आजकाल कार्यक्रमहरु हप्ता पिच्छे मात्र नभएर एकै दिन जुध्ने गर्छ। जसले गर्दा आउने दर्शकहरु पनि दोधारमा परेर कता जाने जाने भनेर सोच्न बाध्य हुन्छन् जसको नकरात्मक असर दुवै आयोजकहरुलाई पर्न सक्छ।

कलाकारको रोजाई अर्को कारक तत्व हुन सक्छ। बजारको अध्य्यन गरेर को र कस्तो कलाकारलाई बोलाउँदा राम्रो हुन्छ यो बिषयमा बजार अनुगमन गर्नु पर्ने हुन्छ। एउटा गीत चल्यो भन्दैमा त्यसै हतोत्सायी भएर झ्याप्प कन्ट्राक्ट साईन गर्नु भन्दा अगाडी सोच्न एकदम जरुरी देखीन्छ।फेरी हात्ती आयो हात्ती आयो फुस्सा हुन सक्छ।

कोही कलाकार स्टेज पर्फर्मेन्समा कमजोरी हुन सक्छन्। अझ भन्दा आजका केही कलाकारहरु आफ्नो स्वरलाई भन्दा कम्प्युटराईज्ड श्वर यानिकी अटोटोनमा आफ्नो स्वरलाई मिसाएर रातारात हिट भएका हुन्छन् जसको स्टेज पर्फर्मेन्स ज्यादै फितलो हुने गर्छ।यो पनि एउटा कारण हुन सक्छ।

भेन्यु र साउन्ड सिस्टम अर्को कारण हुन सक्छ दर्शक नआउनुमा। कुनै पनि भेन्युमा पहिलानै त्रुटी आएको छ या भनौ साउन्ड सिस्टममा अवरोध आएको छ भने यो बुझ्न जरुरी छ कि तेही भेन्युमा दोस्रो चोटी फेरी दोर्हाएर दर्शक नआउन सक्छन्। ए तेही भेन्युमा हो त्यहाँ त पहिलाको अनुभवनै खत्ताम थियो भन्नेहरु पनि नभएका होईनन्। ईभेन्ट आयोजक या भनौ भेन्युको व्यबस्थापन जसले गरेको छ उसले पहिलाका त्रुटीहरुलाई आत्मसाथ गरेर सुधार गर्न अति आवस्यक हुन्छ। अन्यथा एक चोटी दुईचोटी आए पनि तेस्रो चोटीदेखी दर्शक श्रोताहरु नआउने निश्चीत हुन्छ।

ईभेन्टमा हुने दादागिरी अर्को कारण हुन सक्छ।नेपालीको कार्यक्रम झगडा नभएको दीन हुन्न।बोरु घरमै रमाईलो गरौ नजाउँ भन्नेहरु पनि धेरै छन्। सबै रमाईलो गर्न आएको हो,मैले अभद्र व्यबहार गर्न हुन्न, मैले नराम्रो गर्दा अरु रमाईलो गर्नेहरुलाई असर गर्छ भन्ने सोच्न पर्छ। खाए पछि मेरो गोरुको बार्है टक्का भने जस्तो पाखुराको बल त्यो पनि परदेशमा नदेखाएको नै राम्रो हुन्छ।

यस्ता यावत कारणहरु हुन सक्छन आजकाल कुनै पनि कार्यक्रममा दर्शकहरुको उपस्थिती उत्साहजनक रुपमा देखिन्न। हतारमा कार्यक्रम गर्नु भन्दा पनि कुन कार्यक्रम कहिले र कहाँ गर्दा ठिक हुन्छ त्यो सोचबिचार गरेर गर्दा राम्रो हुन्छ। एउटा कार्यक्रम सफल गर्नलाई कति धेरै मेहीनेत, परिश्रम र समय खर्चिएको हुन्छ।अन्तमा सोचे जस्तो कार्यक्रम भएन भने कति नमज्जा हुन्छ। कार्यक्रमका अन्नदाता यानिकी स्पोन्सर अनि साथीभाई र चिनेजानेकाले मात्र कुनै पनि कार्यक्रम सफल हुन्न। एकचोटी सबै ईभेन्ट कम्पनि वा कार्यक्रम गर्ने जो कोही सँघ सँस्थाले सोच्न पर्ने बेला आएको छ।अन्यथा स्पोन्सरलाई खदा र मायाँको चिनो दिएर कुनै पनि कार्यक्रम सफल हुन्न र लगाको लगानी पनि उठेन भने यसको दोसी कसलाई भन्ने? स्वयम् कार्यक्रम आयोजकलाई या नआउने दर्शकलाई या कसलाई?

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349