eNepal

सरकार र पार्टीले राम्रो काम गर्न सकेन :-अघ्यक्ष पुष्पकमल दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको समयमा भएको सहमतिबाट पछि हटेर गल्ती गरेकोमहसुस भएको बताएका छन्।  

नेपापाको स्थायी कमिटी बैठकमा बोल्दै दाहालले आलोपालो प्रधानमन्त्री हुने सहमति छोड्दा गल्ती भएको महसुस भएको टिप्पणीगरेका हुन्।  

एकताको समयमा भएको सहमतिबाट पछि हटेको थिएँ‘, बैठकमा बोल्दै उनले भने, ‘पाँच वर्ष ओली जी नै प्रधानमन्त्री हुनुस् भनेर भने तरअहिले सरकारका काम हेर्दा त्यो कदमबाट पछि हटेकोमा गल्ती महसुस भएको छ।

सरकार पार्टी दुवैले राम्रो काम गर्न नसकेको दाहालले टिप्पणी गरेको एक स्थायी कमिटी सदस्यले बताए।सरकार पार्टीले राम्राकाम गर्न सकेको छैन। जनतामा निरासा छाएको ‘, दाहाललाई उदृत गर्दै उनले भने, ‘यस्तै गर्दै जाने हो भने अर्को चुनावमा पार्टीकोकमजोर भूमिका हुन सक्छ।

दाहालले पार्टीमा आफु अध्यक्ष भए पनि भूमिका सन्तोषजनक नभएको गुनासो पोखेका थिए।

अहिलेका उपलब्धी सबै मिलेर ल्याएको बताउँदै दाहालले एक जनाले मात्र अहंकार देखाउन नहुने उनले बताए। उनले पार्टी सरकारमाप्रधानमन्त्री केपी ओलीको अहंकार बढेको संकेत गरेका थिए।  

दाहालले पार्टी सरकार संकटमा रहेको बताएका थिए। उनले पार्टी सरकारको कमजोर प्रस्तुतिमा बाह्य पक्षलाई दोष दिएर नहुनेबताए।  

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349