eNepal

व्यक्ति र व्यक्तित्व: एक परिचय:दिक्पालदेव पङ्गेनी

image

प्राय नेपालीहरु बिशेष गरेर चितवन जिल्लाको लागि चिरपरिचीत नाम हुन पर्छ दिक्पालदेव पङ्गेनी।उहाँलाई मैले नेपाल हुँदा त्यति चिन्ने मौका पाईन तर मेल्बोर्नमा रहेको सोलाङ्चर ईभेन्ट्सले नेपाली हाँस्य व्यङ्ग्य कला क्षेत्रका धरोहर हरिबंश आचार्य र मदनकृष्ण श्रेस्ठको मह कार्यक्रम मेल्बोर्नमा आयोजना गर्ने भयो।यो करिब आज भन्दा ३ बर्ष अघिको कुरा हो।यसमा होस्ट गर्ने आउँदै हुनुहुन्छ रे दिक्पालदेब पङ्गेनी भन्ने हल्ला चल्यो।मैले सोचे कोही होला तर मेरी अर्धाङ्नीले मलाई भनीन् वहाँ त चितवनमा एफ एम चलाएर बस्नु भएको,एकदम परिचीत नाम हो चितवन जिल्लाको लागि। उसको कुराले झन् मलाई कौतुहुल्ता बढ्यो अनि बिभीन्न जिज्ञासाहरु आउन थाल्यो। केही वहाँमा पक्कै छ त्यही भएर त डार्वीनबाट झिकाईएको हो।कुनै अैरे गैरे पक्कै होईन मह यात्रालाई होस्ट गर्ने भने पछि।

यत्तीकैमा मह यात्रा हेर्न हामी सव परिवार मेल्बोर्नको बहु प्रतिस्ठीत हल जहाँ नेपाली कार्यक्रम सम्भवत: पहिलो हुनु पर्छ मेल्बोर्न कन्भेन्सन् एन्ड एग्जिबीसन् सेन्टरमा हामी लगभग १२०० जति थियौ होला त्यो दिन कार्यक्रम हेर्नेहरु। भिक्टोरीयाका हरेक ठाउँबाट नेपालीहरु आउनु भएको थियो त्यो दिन।साँच्चै भन्नु पर्दा यो अहिले सम्मको एक भव्य र सभ्य कार्यक्रम भन्दा उपयुक्त होला।हुन त अरु पनि उत्कृस्ट कार्यक्रमहरु नभएका होइनन् तर ठाउँ अनि कलाकारहरुको दृश्टीकोणले एक उत्कृस्ट कार्यक्रम भन्न रुचाउँछु म।

एकाएक कार्यक्रमलाई शुरुवात गर्न एकजना युवक मण्चमा आउनु भयो। उहाँको प्रस्तुती,बोल्ने शैली, दर्शकलाई कार्यक्रम अवधी भर एकाग्र बनाएर राख्ने उनको ढाँचा यति राम्रो र मिठो लाग्यो कि साँच्चै उहाँको आवाजमा केही तत्व लुकेको छ जसले जोही कसैलाई पनि मन्त्रमुघ्ध बनाउँछ नै । सरल भाषा, वजस्वी स्वर अनि स्पस्ट प्रस्तोता, बश म त्यही दिन देखि उहाँको फ्यान भएको थिएँ।धेरैले एम्सी गरेको हेरेको छु,सुनेको छु तर यीनले बोल्दा किन किन मलाई पनि सुनी रहौ लागेको थियो। मलाई मन पर्ने प्रस्तोताहरु मध्य दिक्पालपनि त्यस दिनदेखि मेरो लिस्टमा थपियो।

image

त्यो दिन त्यतीकै भयो कार्यक्रम एकदमै राम्रो र उच्च स्तरीय भएको थियो।सबै नेपालीहरुले भर्पुर मनोरन्जन लिए।त्यस पछि उहाँसँग फेशबुकमा साथी बनियो। उहाँका फेशबुकमा आएका कबिताहरु पनि त्यस्तै स्तरीय हुन्थे।म फलो गरिरहन्थे। उहाँ फर्केर डार्बीन जानु भयो, म आफ्नै काममा व्यस्त हुन थाले।केही समयको अन्तराल पछि उहाँ मेल्बोर्नको बसाईमा आउनु भयो स्थायी रुपमानै। हाम्रो खासै राम्रो परिचय त भएको थिएन। तर मैले खबर पाएकि उहाँको स्वर र सङ्गीतमा उहाँको धर्म पत्नी सम्झना पङ्गेनीको शव्दमा एउटा गीत बजारमा आउँदैछ जसमा अभिनय मैले नजिकबाट चिनेकी हाल मेल्बोर्नमा बस्ने नायीका एवम् मोडेल प्रकृती श्रेस्ठले गर्दै छिन् भन्ने।त्यपछि मलाई कहिले त्यो गीत सुनौ अनि हेर्यौ भएको थियो।बढो मिठो र स्तरिय गीत बनेको रहेछ सुनीरहौ लाग्ने अनि हेरी रहुँ लाग्ने।

मैलै उहाँको शव्द यहाँनेर सापटी मागे प्राय उहाँले आफ्ना कार्यक्रमहरुको दौरान प्रयोग गर्ने यो शव्द “उम्दा” व्यक्तीत्वका धनी दिक्पालदेव पङ्गेनीको यो गीत हेर्न झन् आतुर भएँ! गीत यति कर्णप्रीय थियोकि शव्द,श्वर र सङ्गीतको त्रीवेणीमा सृष्टीको अभीनयले झन् सुनमा सुगन्ध थपेको थियो।

यत्तीकैमा हाम्रो भेट पहिलो चोटी हाम्रो ईभेन्टको प्रेसमीटमा भएको थियो।उहाँले मलाई भन्नु भएको थियो तपाईले लेखेको पढ्छु एकदम राम्रो लेख्नु हुन्छ।मलाई कता कता खुसी लागेको थियो आफु भन्दा दिग्गज व्यक्तित्वले यति भन्दिएकोमा।

त्यस पछि कार्यक्रमहरुको दौरानमा उहाँको र मेरो भेट प्राय मेल्बोर्नका कार्यक्रमहरुमा हुन थाल्यो।उहाँ प्राय मेल्बोर्नमा हुने कार्यक्रमहरुमा होस्ट गर्नु हुन्छ। पछिल्लो समय उहाँले चलाउनु भएको मेल्बोर्न टक शो जसको नियमीत दर्शक म पनि हुँ। बिभीन्न कलाकारहरु अनि समाजका अगुवाहरुसँगको उहाँको भलाकुसारी साँच्चैनै रमाईलो र प्रेरक हुने गर्दछ।हालै मात्र मेल्बोर्नको विन्डहम् काउन्शिल ह्यारिसन वार्डका लागि उठ्नु भएका महेस भण्डारीले त आफ्नो फेशबुकमा नै भनेका छन्- हैट, सार्हो रयाख रयाख्ति पारे यी भाइले त अन्तरबार्ता मा पक्कै पनि कुरोको चुरो बुझ्ने मामलामा उहाँ निकै कडा चाँही हुनुहुन्छ है भन्ने मैले पनि उहाँका केही कार्यक्रमहरु हेरेर थाहा पाएँ।

त्यस पछि मलाई उहाँको हल्का पारिवारीक पृस्ठभुमी जान्न मन लाग्यो र एक जना चीतवनका मेरो नजिकका साथीसँग उहाँको बारेमा जानकारी मागे।साँच्चै यी उम्दा व्यक्तित्व नेपालमा नै पोख्त र खरिसकेका रहेछन्। उहाँको घर गैडाकोट नवलपरासीमा रहेछ। उहाँको प्रारम्भीक शिक्षा जनक उच्च माध्यमीक बिधालयबाट भएको रहेछ। नेपाल चौतारी भन्ने कार्यक्रम उज्यालो एफ एम मार्फत नेपालभरका ४०/४२ वटा एफ एमबाट प्रशारण हुन्थ्यो भने मध्य नेपाललाई प्रतिनिधित्व गर्ने बहुचर्चित कालिका एफ एम चितवनमा पनि बरिष्ठ रेडियोकर्मीको रूपमा काम गर्नु भएको रहेछ। सानैदेखि हठ्ठी र निडर स्वभावका पंगेनी नेपालमै स्थापित पत्रकार भइकन सन् २००८ मा उच्च शिक्षाको सिलसिलामा अस्ट्रेलिया आउनुभएको हो।

image

त्यस्तै गरेर सामुदायीक रेडीयो बिजय एफ एम गैडाकोटमा काम गर्नु भएको रहेछ। यसका साथसाथै आफुले पढेको बिधालयका बिधालय व्यबस्थापन समितीको सदस्यमा आवद्द हुनुहुन्छ। चितवन नवलपरासी र गैडाकोटमा रहेका बिभीन्न सँघ सँस्थाहरुमा सकृय भुमीका निभाउँदै आउनु भएको दीक्पालदेव पङ्गेनीले केही समय अगाडी मात्र आफु सदस्य रहेको जनक उच्च मावीको लागि ई- लाईबेरी खोल्ने उहाँको यो कदम पनि एकदम सराहनीय र प्रसंशीय रहेको छ।उहाँको परिवारमा धर्म पत्नी सम्झना ढकाल पङ्गेनी अनि दुई आभीसा र आकर्षणको सनौलो सुमधुर परिवार रहेको छ।हाल वहाँ द वे एडुकेसन् सर्भीससँग आबद्द हुनुहुन्छ। यस्ता उम्दा व्यक्तीत्वका धनी दिक्पालदेब पङ्गेनीलाई म लगाएत ईनेपालको तर्फबाट हरेक पाईलाहरुमा सफलता कामना।

Related posts

अष्ट्रेलियाले मलाई सपना देख्न र मेहिनत गर्न कहिलै छोड्नु हुन्न भनेर सिकायो – निखिला

Manoj Poudyal

डोटीबाट काठमाण्डौ हुँदै अन्तररास्ट्रिय अवार्ड हात पार्न सफल खेम धामीको प्रेरक कथा

Manoj Poudyal

पुतलीझैँ लाग्ने जसिता गुरुङका १२ ‘बोल्ड’ तस्वीर

Ujjwal Khanal

भूकम्पले जन्माएका ‘हिरो’ : धुर्मुस–सुन्तली

enepal

भूकम्पलाई जितेका यी ‘सिपाही’ – त्रासदीका तिन बर्ष

enepal

जो नेपाल बदल्न लागिपरेका छन्

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349