नेपाली साङ्गीतिक आकाशका एक नक्षत्र बरिष्ट गाएक खेमराजगुरुको अल्पायुमै निधन भएको छ। पुर्वी नेपालको खाँदवारीमा जन्मेका खेमराज गुरुङको जिवन भाग- २ सम्भवत: नेपालको अडियो क्यासेटको बिक्रीमा पहिलो नम्वरमा रहेको छ। वारी जमुना पारी जमुना जस्तो कालजयी गीत नेपालीलाई दिएका यी गायकका अरु धेरै हिट गीतहरु रहेका छन्। चौतारी फेदैमा भेट्यौ दौतरी, आलु तामाले, सोल्टी, धरान पोखरा जस्ता धेरै गीत नेपाली साङ्गीतिक आकासमा हिट गीतहरु मानिन्छन्।
जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमै मृत्यु भएको जानकारीमा आएको छ।