eNepal

ठमेलका मनकारी घरबेटी, ब्यबसाय ठप्प भएपछि १ बर्षको भाडा ५० प्रतिशत मात्र लिने

असार ८ सोमबार काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेका ठमेलमा व्यवसायीलाई ५० प्रतिशत घर भाडा छुट दिन घरधनी तयार भएका छन् । कोभिड–१९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिब एक वर्षसम्म ५० प्रतिशत घर भाडा छुट दिन तयार भएका हुन् ।

आइतबार ठमेल पर्यटन विकास परिषद्मा परिषद्का उपाध्यक्ष तथा उपाध्यक्ष एवं घर भाडा समायोजन समितिका संयोजक भविश्वर शर्माले १ वर्षका लागि ५० प्रतिशतसम्म छुट हुने गरी अनुरोध पठाएको बताएका छन् । सबै घरधनीसँग संघसंस्थाले सम्झाैता गर्न व्यवहारिक नभएकाेले ११ वटा संस्थाकाे सामूहिक निर्णयका आधारमा सबै व्यवसायीले घरधनीसँग समझदारी गर्ने भएका छन् ।

आइतबार बसेको समितिको बैठकले घर भाडा छुट मागको लागि विभिन्न ११ संस्थाहरुले माग पत्रमा हस्ताक्षर गरेका छन् । ‘११ संस्थाका प्रतिनिधिहरूमा घरधनीहरू पनि हुनुहुन्छ । ११ वटा संस्थाले गरेकाे निर्णयमा सबै घरधनी र व्यवसायीकाे समझदारी छ । यसकाे कार्यान्वयन पनि हुन्छ’ शर्माले भने ।

व्यवसाय बन्द अवस्थामा रहेकाे भएपनि ५० प्रतिशत घरभाडा व्यवसायीले बुझाउने सहमति भएकाे छ । होटल, रेस्टुरेन्ट, डिस्को लगायत व्यवसाय बन्द भए पनि उनीहरूले ५० प्रतिशत घरभाडा तिर्नुपर्नेछ ।

समझदारी अनुसार गत चैतदेखि २०७७ फागुनसम्मकाे भाडा ५० प्रतिशत लिनेदिने हुनेछ । त्यसपछिकाे एक वर्षसम्म सम्झाैताभन्दा बढी भाडा नबढाउन अनुराेध गरिएकाे उनले बताए ।

उनका अनुसार लकडाउन भएदेखि १ वर्षको समयावधिमा घरधनीहरुले १ वर्षसम्मको ५० प्रतिशत छुट दिने, एक वर्षसम्मको लागि विद्युत महसुलको ५० प्रतिशत छुर विद्युतको युनिट उठेको मात्र शुल्क लिनका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय पनि भएको बताए ।

पर्यटन विकास परिषद्ले ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूका लागि न्यूनतम ब्याजदरमा सहुलियत, विद्युत, खानेपानी र इन्टरनेटलगायतका शुल्क मिनाहा गरिदिन सरकारसँग माग गरेको छ । अहलिे कारोनाका कारण सबैभन्दा बढी पर्यटक आउने ठमेल क्षेत्र सुनसान छ भने धेरै व्यवसायीहरु पनि त्यहाँबाट पलायन भइसकेको अवस्था छ । पर्यटनसँग सम्बन्धित कतिपय साना र मझौला खालका व्यापार व्यवसाय पलायन नै हुनुपर्ने अवस्था सिर्जना भएकाले त्यस्ता व्यवसायलाई जीवन्त राख्न आर्थिक सहयोग उपलब्ध गराउन परिषद्ले आग्रह गरेको जनाएको छ ।

व्यवसाय शून्यगर्न धेरै समस्या भएको भन्दै घर भाडा तिर्न गाह्रो भएको गुनासो व्यवसायीको थियो । अब केही मात्रामा भएपनि उनीहरुलाई राहत हुने विश्वास लिइएको छ । यतिबेला निकै व्यस्त हुने ठमेल आजभोलि सुनसान जस्तै छ ।

ठमेल क्षेत्रमा सञ्चालित करिब पाँच हजार पर्यटन व्यवसाय र घरधनीका सम्बन्धमा तथ्याङ्क सङ्कलन गर्ने कार्य जारी रहेको परिषद्ले जनाएको छ । तथ्याङ्क सङ्कलनले आफ्नै घर तथा भाडामा व्यवसाय सञ्चालन गर्नेहरूको विवरण सार्वजनिक गर्न सजिलो हुनेछ ।

लाखौँको व्यापार गर्ने ठमेल ठप्प हुँदा ब्यबसायीहरु चर्को वहाल तिर्न नसक्ने अवस्थामा पुगेपछि उत्पन्न समस्या र व्यावसाय सञ्चालनमा आएको समस्या समाधानका लागि ठमेल पर्यटन विकास परिषद्ले पहल थालेको शर्माको भनाई छ । समितिले हालको अवस्थामा घर भाडा समायोजन, बैंकको ब्याज मिनाहा, किस्ता तिर्ने समय बृद्धि, विद्युत महसुल मिनाहा, इन्टरनेट सेवा शुल्क छुट गर्न व्यवसायी र घर धनीहरुसँग छलफल गरी साझा धारणा बनाउने भएका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349