गुल्मीमा आठ महिनाका शिशु सहित १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकाका आठ महिनाका शिशु सहित १४ जना कोरोना संकमितलाई डिस्चार्ज गरिएको हो ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर वडा नम्बर-४ का आठ महिनाका शिशुसहित १४ जनालाई डिस्चार्ज गरिएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताउनुभयो ।
डिस्चार्ज भएकाहरु १४ दिन आइसोलेसनमा बसेर डिस्चार्ज गरिएको हो । गत जेठ १२ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका बेला कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरुलाई रेसुङ्गा नगरपालिका वडा नम्बर–१ को आइशुलेसनमा राखेर उपचार गरिएको थियो ।
पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा कोरोना संक्रमित अनुसार जिल्लामा १७९ जना पुगेका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट ११६४ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५३३ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।
रासस