- इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको मार्सिसाइड क्लब लिभरपुल बराबरीमा एको छ । गुडिसन पार्कमा आइतबारभएको मर्सिसाइड ‘डवी’ भिडन्तमा लिभरपुल एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य बनेको हो ।
बराबरीसँगै लिभरपुलको उपाधियात्रा थप लम्बिएको छ । लिभरपुललाई च्याम्पियन बन्न ६ अंकको आवश्यकता छ । लिभरपुलले अझैच्याम्पियन बन्नको लागि दुई जित निकाल्नुपर्ने भएको छ । एभटर्नमाथि जित निकाल्न सकेको भए लिभरपुलले बाँकी एक खेलमा जितपारे च्याम्पियन बन्ने थियो । लिभरपुल ३० र्वापछि प्रिमियर लिग च्याम्पियन बन्ने संघारमा छ । घरेलु टोर्लाी दवावमा राखेपनिलिभरपुलका अग्रपङ्तिका खेलाडीले एभर्टनको बलियो र चुस्त रक्षापङ्ति तोड्न सकेन ।
खेलको चौथो मिनेटमा नै ब्राजिली मिडफिल्डर रिचार्लीसनले गोलको सुन्दर अवस गुमाउदा एभर्टन अग्रता लिनबाच चुकेको थियो । ३०औंमिनेटमा एलेक्सान्डर अर्नाेल्डको क्रसमा जोए मटिपको पावरफुल हेडर पोस्टबाट थोरै बाहिरिदा लिभरपुलले खेलमा अग्रता लिने अवसरगुमायो । ३४औं मिनेटमा लिभरपुलका मिनामिनोको प्रहारले पोस्टको गति लिन सकेन । ४१औं मिनेटमा एलेक्सान्डर अर्नाेल्डकोप्रहारलाई एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्डले बचाउदा पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो ।
बराबरीसँगै लिभरपुलको ३० खेलबाट ८३ अंक पुगेको छ । जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीको भन्दा २३ अंक बढी हो । सिटीको २९खेलबाट ६० अंक छ । एभर्टन ३८ अंक जोडेर १२औं स्थानमा छ