eNepal

एकपछि अर्को तीजका कार्यक्रम,अब नचाउने भो फेरी डाँफे हेयर एन्ड शैलुनले

हरितालिका तीज आउन लगभग हप्ता दिन बाँकि रहँदा आजकाल तीजका कार्यक्रमले स्वदेशमा मात्र नभएर बिदेशमा पनि धुमधामसँग मनाउने गरिएको छ।नेपाल देखी कलाकारहरुलाई बोलाएर होस या नाँचगान रमाईलो गरेर होस, जहाँ जसरी हुन्छ तीजलाई बडो उल्लास्मयका साथ मनाईन्छ।

परम्परालाई जोगाउन होस या परम्पराको नाममा रमाईलो गर्न होस आजकाल पाटी प्यालेस देखी सामुहीक पैसा उठाएर भएपनि यो चाड मनाईने गरेको पाईन्छ।

यहि बर्ष मात्रै मेल्बोर्नमा तीन तीजका कार्यक्रमहरु भएका छन्। पशुपती शर्मा देखी कोमल ओलीसम्मले मेल्बोर्नका चेलीहरुलाई बढो रमाईलो दिएर गए।यसैलाई निरन्तरता दिदै आगामी २७ अगस्टको दिन मेल्बोर्नमा अर्को तीज मेला हुने भएको छ।डाँफे हेयर एन्ड ब्युटी शैलोनले आयोजना गर्न लागेको यो कार्यक्रम स्थानीय ईस्टोनीया हाउसमा हुने तय भएको छ।सङ्गीतको धुनमा मस्त नाचौ, रमाउँ भन्ने हेतुले यो कार्यक्रम गर्न लागेको डाँफे हेयर एन्ड ब्युटी शैलोनका प्रोप्राइटर पिङ्कीले हामीलाई बताउनु भयो।

निशुल्क प्रवेशको व्यबस्था गरिएको सो कार्यक्रममा फोटो बुथको पनि व्यबस्था रहेको छ।आजकाल मनाउने भन्दा पनि देखाउने बढि भएकोले आफु कसरि हुन्छ राम्रो बन्ने होडबाजीनै चल्छ बिशेषगरेर यो तीजमा।समस्त नेपाली चेलीहरुलाई हरितालीका तीजको अग्रीम शुभकामना।

image

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349