भगवान् विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्ण भगवानको जन्म भएको शुभदिन आज भाद्र कृष्ण अष्टमीको अबसर पारेर हरेक बर्ष कृष्ण जन्मास्टमी मनाईने गरिएको छ। हिन्दू धर्मशास्त्र अनुसार ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रेणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी,वा रातलाई मोहरात्री भन्ने गरिन्छ |
हिन्दु धर्म शास्त्र अनुसार द्वापर युगमा अर्थात् इसापूर्व ३२२८ मा देवकी तथा वासुदेवका आठौं सन्तानको रुपमा भगवान कृष्णको जन्म भएको थियो। कंशले कारागारमा बन्दी बनाएको अवस्थामा माता देवकी तथा पिता वासुदेवको आठौं पुत्रको रुपमा जन्मिएका श्रीकृष्ण बन्दी आमा-बुवाभन्दा टाढा गोकुल-वृन्दावनमा यशोधा माताको रेखदेखमा हुर्केर पछि ठूलो भएपछि मथुरा आई आफ्ना दुष्ट मामा कंशको संहार गरी अन्याय, अत्याचार, अधर्म र दानवी प्रवृतिको अन्त्य गरी मानव जातीको कल्याण गरेको स्मृति पनि गरेर धर्मको रक्षा गरेको धार्मिक कथनको स्मृति पनि श्रीकृष्ण जन्माष्टमीको दिन गरिन्छ |
नेपाल अधिराज्य एबम् बिदेशका मठ मन्दीरहरुमा हिन्दु धर्मावलम्बीको बिषेश भिड हुने र भगवान श्रीकृष्णको पुजा आरधना, भक्ती सन्देश, भजन क्रितन गर्दै मनाउने चलन रहेको छ साथ साथै बिशेष गरेर महिलाहरु ब्रत बसी रातभर जागराम बस्ने चलन पनि रहेको छ।काठमाण्डौको पाटनमा अवस्थित प्रसीद्ध कृष्ण मन्दीरमा बिशेष मेला लाग्ने गर्दछ।