eNepal

भरतपुर देखि रामपुर -चनौली हुदै मेघौली सम्मा बन्ने भो बैकल्पिक सहायक राजमार्ग:-३ करोड् बजेट विनियोजित्

चितवन जिल्लाको पर्यटकीय गन्तव्य मेघौली जाने सडक वैकल्पिक सहायक राजमार्ग भएको भरतपुरबाट रामपुर, चनौली, मेघौलीहुँदै घोलाघाटसम्म जाने सडकलाई सरकारले वैकल्पिक सहायक राजमार्ग वनाएको हो  

सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार अब उक्त सडकको स्तरोन्नति मर्मतलगायतका काम सडक विभाग अन्तर्गतआउने

सडक विभागले बजेट विनियोजन गरी बहुवर्षीय योजनामार्फत् सडकको काम गर्न यसले सहज वनाउने भएको उनका अनुसार सोसडकको सबै क्षेत्रमा कम्तीमा सात मिटर फराकिलो कालोपत्रे हुनेछ  

आगामी वर्षका लागि रु. तीन करोड बजेट विनियोजन भएको शर्माले जानकारी दिए डिभिजन सडक कार्यालय चितवनका प्रमुखइञ्जिनियर कृष्णराज अधिकारीका अनुसार सो सडक ३५ किलोमिटर    

विगतका वर्षमा पटकपटक सडक भत्किएर स्थानीयले सास्ती व्यहोर्दै आएका थिए सो सडकको पूरै भाग भरतपुर महानगरपालिकाभित्रपर्दछ महानगरको सबैभन्दा लामो सडक यही हो महानगर प्रमुख रेनु दाहालले महानगर चितवन का सांसद पुष्पकमल दाहालप्रचण्डले छुट्टाछुट्टै पत्र मन्त्रालयमा पठाएर सडकलाई वैकल्पिक सहायक राजमार्गमा रुपान्तरण गरिदिन आग्रह गरिएको बताइन्  

प्रमुख दाहालले अव उक्त सडकको लागि महानगरले लगानी गर्न नपर्ने बताइन् पश्चिम चितवनका जनताका लागि महत्वपूर्ण यससडकले पर्यटकीय क्षेत्रलाई राजमार्गसँग जोड्ने भएकाले यसको महत्व धेरै भएको दाहालको भनाइ थियो  

सडकका कारण सदरमुकाम आवतजावतमा नै समस्या हुने गरेको भन्दै उनले आफ्नो आग्रहलाई मन्त्रालय विभागले स्वीकारेको बताइन् जिल्लाको महत्वपूर्ण पर्यटकीय गन्तव्य मेघौली भएको भन्दै उनले त्यस क्षेत्रको विकासमा पनि यस सडकको भूमिका उल्लेखनीय रहनेबताइन्  

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349