eNepal

सौर्य ऊर्जा प्रणाली (Solar System) को बारेमा नारायण काफ्लेको उपयोगी जानकारी

सौर्य बिजुली प्रणाली घरको बिजुलीको बिल घटाउने र नविकरणिय उर्जा प्रयोग मार्फत वातावरणिय संरक्षणमा योगदान गर्ने लोकप्रिय र सजिलो बैयक्तिक र पारिवारिक उपाय हो । त्यसमाथि जनस्तरमा यस्ता कामलाई बढवा दिन बिभिन्न देशका सरकारहरुले बिभिन्न आकर्षक कार्यक्रमहरु घोषणा गरेको पाईन्छ । अष्ट्रेलियामा संघिय सरकारले Small scale Technology Certificate (STC) मार्फत देशै भरि र बिभिन्न राज्य सरकारहरुले आ-आफ्नै तरिकाले सौर्यऊर्जा प्रयोगमा प्रबर्ध्दन गरेका छन् । भिक्टोरिया राज्य सरकारले Solar VIC कार्यक्रम मार्फत अनुदान र निर्ब्याजी ऋण सहयोगको कार्यक्रम मार्फत घरेलु सौर्य ऊर्जा उत्पादन र ब्याट्री जडानको प्रबर्ध्दन गरेको छ । कसरी र कस्तो कस्तो तरिकाले सौर्य ऊर्जा प्रणाली किन्ने र जडान गराउने भन्ने जानकारी बिभिन्न वेभसाईटमा राखिएको छ । ऐले भिक्टोरियाको बिभिन्न स्थानमा सजिलै पैसा कमाउने (easy money & low hanging fruits)) को खोजिमा ग्राहकलाई पूर्ण जानकारी नदिई र / वा अष्पष्ट जानकारी दिई सामानहरु बेचिने संभावना रहेकोले पछि पछुताउनु वा मुद्दा मामिला गर्नु भन्दा आफू चनाखो रहि यस्ता कुराबाट जोगिनुनै उत्तम हुनेछ ।

नेपाली समाजका केहि टोलमा समुदाय सदस्यहरुले Solar Vic को अनुदान (Rebate) र निर्ब्याजी ऋण (Interest free loan) को आवेदन फारम भर्न भनेर आबस्यक पर्ने आफ्ना कागजपत्रहरु (Documents) जस्तै: council rates notice, tax return summary, drivers license आदि सौर्य ऊर्जा प्रणाली(Solar System) डिल गर्ने सेल्स पर्सन लाई दिएको भन्ने सुनें ! यदि यस्तो हो भने कृपया आफ्नो बिजुलीको बिल, फोन नं र ईमेल बाहेक अरु कुनै पनि कागजात कुनै पनि कारणले अरु मानिसहरुलाई नदिनुभए राम्रो हुन्छ (आफू बस्ने घर हो भने) नाम, ठेगाना र मिटर नम्बर बिलमै हुन्छ) । फेरि सेल्स पर्सनले बिजुलीको बिल बाहेक अन्य कागजात माग्नु र लिनु पनि गैर कानूनी हो जस्तो लाग्छ ।

बरु तपाईहरुलाई फारम भर्न आउँदैन, समय कम छ वा झन्झटिलो लाग्छ भने सोहि सेल्स पर्सनलाई घरमै बोलाएर आफ्नो अगाडि आबेदन फाराम भर्न लगाउनुहोस् !!!

सौर्य ऊर्जा प्रणाली(Solar System) किन्दा बिभिन्न कम्पनीहरु सँग कोट लिनोस् र बेस्सरी बार्गेन गर्नुहोस्, सरकार पनि यहि चाहन्छ तर मूल्य कम भयो भनेर सौर्य ऊर्जा प्रणाली(Solar System) जडान गर्न कुनैपनि कम्पनी सँग सम्झौता गरि नहाल्नोस्, पहिला कुन कुन र कस्ता कस्ता सामान दिन्छु भनेको छ हेर्नुहोस् ! सकेसम्म राम्रो गुणस्तरको सामान लिनुहोस् । अधिकांश बेला तपाईले जति तिर्नुहुन्छ, त्यतिनै पाउने हो ! You get whatever you pay for.

यदि आफू सौर्य ऊर्जा प्रणाली(Solar System) को सामानको बारेमा राम्ररी जानकार हुनुहुन्न भने आफूले चिनेको र  साथीभाईले रिफर गरेको बाहेक अरु सँग सामान किन्दा होसियार रहनुहोस् । मैले काम गरेको बिगत १२ बर्ष भन्दा बढिको समयमा अनेक कुराहरु सुनेको छु, देखेको छु र अनुभव गरेको छु ! Be careful while dealing with pop-up companies.

केहि महंगो पर्न सक्दछ तर सकेसम्म स्थानिय उत्पादन किन्नुहोस्, किनकि हाम्रो दैनिक जीवन त्यही स्थानिय उत्पादनको साङ्गलो सँग जोडिएको छ ! But local किनकी कोराना महाहामारी पछि त झन् यो टड्कारो आवस्यकता भएको छ !

बृस्तीत जानकारी चाहिएमा नारायण काफ्लेलाई सम्पर्क गर्न सक्नु हुनेछ। 

फोन: 0402628908

ईमेल: [email protected]

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349