eNepal

काठमाडौंमहानगर भित्र कुकुर पाल्ने मनसायमा हुनुहुन्छ ,अब वडा कार्यालयमा अनिवार्य दर्ता गर्नुपर्ने

आषाद ६ शनिबार -काठमाडौंमहानगर भित्र कुकुर पाल्ने मनसाय हुनुहुन्छ वा तपाईं कुकुर पालिरहेको हुनुहुन्छ ? यदि पाल्दै हुनुहुन्छ भने अनिवार्य दर्ता गराउनुपर्नेछ । अब वडामा शुल्क तिरेर कुकुर दर्ता गरेपछि मात्र कुकुर पाल्न अनुमति पाउनुहुनेछ ।

महानगरबासीले मनपरी रुपमा कुकुर पाल्ने, जथाभावी दिसापिसब गराउने र रोगी र बूढो भएपछि बाटोमा छाडिदिने बानीको अन्त्य गर्न काठमाडौं महानगरपालिकाले अनिवार्य रुपमा कुकुर दर्ता गराउने नीति अघि सारेको हो

कामपाले हिजो बिहीबार सार्वजनिक गरेको आव २०७७/२०७८ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था ल्याएको हो । कामपाका मेयर विद्यासुन्दर शाक्यले कुकुर पाल्नेले राम्रोसँग हेरबिचार गर्नुपर्ने भावनालाई अघि बढाउँदै अनिवार्य रुपमा कुकुरको दर्ता गर्न लागेको जानकारी दिए । उनले भने – ‘अब कसैले पनि कुकुर पाल्दा वडामा दर्ता गरेर, रेकर्ड राखेपछि मात्रै अनुमतिपत्र दिनेछौं ।’

नीति तथा कार्यक्रमको आर्थिक तथा रोजगारी नीतिअन्तर्गत कृषि, खाद्य तथा पशु नीतिको ६७ नम्बर बुँदामा घरपालुवा तथा छाडा पशुमा हुने रेबिज रोगको उन्मूलन गर्न बृहत् भेक्सिनेसन कार्यक्रमअन्तर्गत घरपालुवा जनावरको स्वाथ्य जाँच सेवाका लागि उपचार केन्द्रको व्यवस्था गरिने उल्लेख छ । सोही बुँदामा कुकुर पाल्नका लागि महानगरको अनुमति अनिवार्य गरिने उल्लेख छ ।

कामपाका प्रवक्ता ईश्वरमान डंगोलले महानगरले अघि सारेको नीतिलाई यो वर्षको भदौबाट कार्यान्वयनमा ल्याइने बताए । उनले भने–‘अब शुल्क तिरेर दर्ता गर्ने व्यवस्था गर्न लागेका छौं ।’

कति शुल्क तय गर्ने भन्ने विषयमा बजेट सभाले निर्णय गर्ने उनको भनाइ थियो । उनले भने– ‘कुकुर पालेपछि छाडा रुपमा बाटोमा छाड्ने सोचलाई निर्मूल गर्न अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गर्न लागेका हौं।’

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले कुकुर पालेपछि त्यसलाई छाडा नछाड्ने, प्रत्येक वर्ष रेबिजलगायतको भ्याक्सिन दिने व्यवस्था नगरेर पालेपछि बाटोमा छाड्ने प्रवृत्तिको अन्त्य गर्न अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था अघि सारिएको जानकारी दिनुभयो । बजेट पारित भएलगत्तै कामपाले घरमा पालिएका सबै कुकुरको तथ्यांक संकलन गरिनेछ ।

सबै वडाले कुकुरको तथ्यांक संकलन गरेपछि रेकर्ड राखिने व्यवस्था गरिएको छ । प्रवक्ता डंगोलले अब राजधानीको सबै कुकुरको तथ्यांकसहित अनुमतिपत्र दिने व्यवस्था गर्न लागेको जानकारी दिए ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349