चेल्सीले £४७ मिलियनमा आरबी लाइपजिगबाट टिमो वर्नर साइन गरेका छन्।
वर्नरले प्रति हप्तामा £१७०,०००को तलबमा ब्लुजसँग पाँच बर्षको सम्झौतामा हस्ताक्षर गर्नेछन् र बुन्डेस्लिगा सत्रको अन्त्यमा उनिइंग्ल्याण्ड आउने खबर छ।
उक्त खेलाडी साइन गरेको बारे चेल्सीले पुष्टि गरेको छ र खेलाडीले पनि आफ्नो चेल्सी संग भएको सम्झौता सामाजिक संजालमासार्वजनिक गरेका छन।
वर्नर अर्को सिजन अगाडि चेल्सीको दोस्रो नयाँ हस्ताक्षर बनेका छन् चेल्सीले एजेक्सको हकिम जियाच पनि साइन गरेको थियो।
युवा स्ट्राइकरले जर्मनीमा प्रशस्त सिजनको आनन्द लिइरहेका छन् आरबी लाइपजिगका ३२ गोल र १३ अस्सित उनले गरेका छन।