हुन त म परे पुरुष हिजो नेप्लिज एशोसिएसन अफ भिक्टोरीयाले आयोजना गरेको तीज कार्यक्रममा केटालाई बर्जीत गरिएको थियो तर ईभेन्ट पाट्नरको हैसियतले भोलिन्टीयरको बिल्ला भिरेर मैले पनि नजिकबाट तिमीलाई हेर्ने मौका मिल्यो।
मेरो घरको पृस्ठ भुमी अलि रमाईलो गर्ने या भनौ रमाईलो नाँचगान गर्ने आमाहरु भएर पनि होला मलाई नाच्न रमाईलो गर्न एकदम मन पर्छ। ममीसँग मामाघर गएर मध्य रातमा उठेर माली गाईको बाक्लो दुधमा पकाएको मीठो खीर अनि निन्द्रामा भएपनि कपाकप खाएको अनि ममीहरु अँगेनाको छेउमा बसेर गुनगुन गरेको अझै मेरो मानसपटलबाट हराएको छैन।कुनै चाडबाड आयो कि मलाई पुराना ति रमाईला यादहरु फेरी ताजा बनेर मेरो आँखा अगाडी डुली रहन्छन्। बिहान उठेर चिया र गाउँमा बनाएको नरिवलको बिस्कुट खादै गर्दा रेडीयो नेपालमा तिमी आउँथ्यौ नमस्कार म कोमल ओलीबाट समाचार सुन्नु होस। तिम्रो त्यो सात बजेको समाचार सुन्न गाउँमा मेलापात हिडेका बटुवा पनि टक्क अडिन्थे र थकाई मार्दै केही क्षण समाचार सुन्थे।हामी बिचमा प्वाक्क बोल्यो भने पनि गाली गरेर मामाहरुले बोल्न दिदैने थिए।
समयसँगै तिमी टेलीभिजनमा पनि आउन थाल्यौ।त्यस पछि बल्ल ए कोमल ओली भनेको तिमी रहिछौ भनेर चिन्न थाले। अनि तिमीलाई हेर्ने केबल टिभीमा मात्र सिमीत भयो। तिमी गाउँथ्यौ,नाच्थ्यौ म केबल टिभीमा हर्थे रमाईलो गर्थे तर नेपालको बसाईको क्रममा तिमीलाई प्रत्यक्ष भेट्ने मौका कहिल्यै जुरेन।
भेट्ने एकदम ठुलो धोको थियो तर बिडम्बना तिमीलाई बोलाईयो तीज कार्यक्रमको अवसर पारेर। बार्ह बर्षमा पोई आको म मोरीलाई ज्वरो आको भने जस्तो।अनि फेरी पुरुषहरुलाई कडाईका साथ निषेध गरिएको कार्यक्रममा।जसो तसो म नेप्ले ईभेन्टसको सदस्य भएको हैसियतले अनि ईभेन्ट पाट्नर नेप्ले ईभेन्ट्स भएकोले भोलुन्टियरको एउटा बिल्ला त भिरीयो तर तिमी नजिक जाने आँट ममा भएन। हरिया राता पहेला निला रङ्गी चङ्गी साडी र हातै भरी छिङ्रिङ छिङ्रिङ बज्ने चुरा र पोतेमा सजिएका चेलीबेटीहरुको बिचमा म एक्लै जाने शाहसपनि ममा आएन।यता ठोकीए नि चेलीहरु उता ठोकीएनि चेलीहरु। फेरी कस्तो उरन्ठ्यौलो यत्रा केटीहरुको बिचमा यो किन आको लाजै न भाको भन्लानकि भन्ने पनि डर।केही नराम्रो मनसाय लिएर पो आएको होकी भनेर गाली गर्लानकि भन्ने पनि डर।चुपलागेर बाहिरनै बसे।तिम्रा आवाजहरु अनि सुरिला स्वरहरु टाडाबाट सुनी मात्र रहे।मौका मिल्योकि एउटा फोटो चाँहि खिच्छु भनेर।
कानमा कता कता केटीहरुले कुरा गरेको सुन्दै थिएँ, तिम्रो कार्यक्रम प्रस्तुती गर्ने शैली, तिम्रो आवाजमा भएको दम् अनि रमाईलो गर्ने शैलीको सबैले मुक्तकण्ठले तारिफ गर्दै थिए। कुनै थकानको परबाह नगरि कन आफ्ना काखे बच्चालाई च्यापेर आउनेहरु पनि मस्तसँग रमाईलो गर्नमा तल्लिन थिए।दुधे बालक घरमा छंडेर आउनेहरु पनि निस्फिक्री तिमीसँगै झुमीरहेका देखिन्थे।
मन मनै सोचे कति फरासिली तिमी,कति मिठो स्वरकि धनि,कति राम्री, बान्की परेकी तिमी, आखिरी बिहे चाँहि किन नगरेकी होला। अनि फेरी तिम्रा कुराहरु पनि सुने।हो तिम्रा कुराले पक्कै नारीहरुलाई उर्जा भर्ने काम गरेको थियो। अहिलेको आधुनिक युगकी नारीहरु दबिएर, हेपीएर अनि केबल उठबस मात्र गरेर बस्न हुन्न। आफु योग्य र सक्ष्यम हुन पर्छ।लोग्नेको खटन र मनोमानीमा चल्न हुन्न भन्ने तिम्रा आवाजले सबै महिलीको शिर ठाडो भएको महसुस मैले गरेको थिए।
साँच्चै तिमीले महिला शसक्तीकरण र हकहितकोलागि बोलेका आवाजमा सबैले तिमीलाई साथ दिएको पाएको थिए।
कुनै पनि कार्यक्रममा कलाकारले आफैसँग बोलाएर दर्शकहरुलाई नचाएको बिरलै पाईन्छ।तिमीले आफैसँग गीतका सुरीला भाकामा दिदी बहिनीहरुलाई बोलाएको पनि सबैले तारिफ गरि रहेका थिए। तिम्रो मायाँको चिनो एकसुते पोते पाउन मरिहत्ते गर्नेको पनि कमी थिएन।मैले कस्तो राम्रो नाँचेको थिएँ तर पोतेनै पाएन भनेर गुनासोको आवाजनि कानमा ठोकीरहेको थियो।
साँच्चै नाम अनुसारको कोमलनै रहिछौ तिमी। एउटा मिठो याद मेल्बोर्नलाई दिएर गयौ।सबैलाई नचायौ झुमायौ अनि नबिर्सने तीज दिएर गयौ।कार्यक्रम सकिदा पनि नजाने चेलीहरु टन्नै थिए।
तेही भिडलाई पन्साउँदै दगुर्दै गएर स्टेजमा जबर्जस्ती चडे अनि त्यो मेरो बच्पन देखिको सपना दिदीसँग एउटा फोटो खिच्ने धोको पुरा गरेर छाडे।धन्यबाद आयोजक न्याभलाई एउटा उत्कृस्ट कार्यक्रम मेल्बोर्न बासीलाई नारीहरुको महान चाड हरितालीका तिजको शुअवसर पारेर दिएकोमा। सबै प्रती नमन।