eNepal

भारतिय सेनाले जबर्जस्त सिमारेखा प्रबेश गरेको चिनियाँ अधिकारीको प्रतिक्रिया

असार ३ बुधबार -हिजो भारतिय र चिनिया सैनिकबिच सिमामा विवाद हुँदा भारतीय २० जना सैनिकको मृत्यु भएको छ भने चिनियाँ तर्फ कती क्षति भो औपचारिक जानकारी अहिलेसम्म गराएको छैन। तर औपचारिक प्रतिक्रिया दिदै यो घटना भारतले जबर्जस्त सिमा पब्रेस गरेर घटाएको चिनियाँ अधिकारी को प्रतिक्रिया छ । भारतको लद्दाखमा भारतीय र चिनिया सेनाबीच सोमबार राति भएको भिडन्तलाई लिएर चीनको औपचारिक प्रतिक्रिया आएको छ । चिनियाँ विदेश मन्त्रालयले भारतीय सैनिकहरूले सीमा रेखा नाघेर चिनियाँ सेनामाथि आक्रमण गरेको बताएका छन् ।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले ट्विटमा उल्लेख गरेअनुसार भारततर्फ ३ सैनिकको मृत्यु भएको चिनियाँ विदेशमन्त्रीले पनि पुष्टि गरेका छन् । चीनतर्फ कस्तो क्षति भयो भन्ने उल्लेख गरिएको छैन ।

‘भारतीय सैनिकहरूले दुई पक्षबीच भएको समझदारीको गम्भीर उल्लङ्घन गर्दै अवैध रुपमा दुईपटक सीमा रेखा नाघेर चिनियाँ सैनिकमाथि उत्तेजक हमला गरे । परिणामस्वरुप गम्भीर भौतिक भिडन्त भयो,’ ग्लोबल टाइम्सले विदेश मन्त्रालयलाई उद्धृत गर्दै ट्विटरमा लेखेको छ ।

समाचारमा भनिएको छ, ‘चीनले भारतीय पक्षलाई आफ्ना अग्रपङ्तिका सैनिकहरूलाई सीमा रेखा पार नगर्न वा कुनै एकपक्षीय कदम नचाल्न आग्रह गर्दै आएको छ । अन्यथा यसले सीमा क्षेत्रको परिस्थिति थप जटिल बन्ने छ ।’

विदेश मन्त्रालयले दुवै देश शान्तिपूर्वक संवादको माध्यमबाट समस्या समाधान गर्न सहमत भएको पनि स्मरण गराएका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349