इटालीको नकआउट क्लब फुटबल प्रतियोगिता कोपा इटालियामा आज सिजन २०१९–२० को उपाधि भिडन्त हुँदैछ । उपाधिका लागिसिरी ए लिगका दुई बलिया टोली युभेन्टस र नापोली आमनेसामने हुँदैछन् । फाइनल खेल इटालीकै रोम सहरमा आयोजना हुनेछ । खेलनेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।
जारी सिजन नापोली घरेलु लिग ‘सिरी ए’को अंक तालिकामा छैटौं स्थानमा मात्रै छ । ऊ च्याम्पियन्स लिगको अन्तिम १६ मा रहे पनिउपाधि होडमा नापोली कमजोर मानिन्छ । तसर्थ, यो सिजन उपाधिविहीन बन्न उसका लागि कोपा इटालियाको फाइनल महत्त्वपूर्ण छ ।ऊ युभेन्टसलाई हराएर उपाधिसहित सिजन बिट मार्ने दाउमा छ ।