समाजमा बसे पछि समाज प्रति आफुले निभाउन पर्ने कर्तव्यपनि महत्वपुर्ण हुन जान्छ। अरुलाई मात्र दोष थोपर्ने हाम्रो बानीले समाजलाई पक्कै पनि भलो गर्दैन। समाज एउटाले चाहेर कदापी बन्दैन।समाजलाई बलियो बनाउन समाजमा रहेका सबैको उत्तिकै दायीत्व र कर्तव्य हुन जान्छ। हामीले नगरे कसले गर्छ भन्ने मुल नारालाई अघि सार्दै मेल्बोर्न नेप्लीज कम्युनिटी वेस्टले आगामी अगस्ट महिनाको २९ तारिखका दिन म्युजिकल नाईट नामक एक साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
नेपाली भाषा कला र साहित्यलाई जिवन्त राख्दै मेल्बोर्नमा रहेका साना साना भाई बहिनीहरुको साझा चौतारी न्याभ बाल चौतारीको संरक्षण र नेपाली समुदाय बिच नेपाली भाषा कला र सँस्कृतीको उत्थान, सम्बर्धन र प्रवर्धनका गर्ने हेतुले यो कार्यक्रम आयोजना गर्न लागिएको हो।
नेपाली साङ्गीतिक दुनीयाँका मेलोडी किङ उपनामले चिनीएका बरिस्ठ गायक एवम् सर्जक शिव परियार, अहिले हरेकको मुखमा बस्न सफल गीत पानी पर्यो असिना झर्यो बोलको गीतका गायक एवम् कम्पोजर् अल्मोडा राना उप्रेतीको बेजोड प्रस्तुती रहने भएको छ।साथमा स्थानीय गायिका स्मृती पोखरेलको पनि प्रस्तुती रहने भएको छ।
नेप्लिज एशोसियसन अफ भिक्टोरीया(न्याभ) र एनआरएनएको सहयोगमा मेल्बोर्नको थोनबरी थिएटरमा हुने यो कार्यक्रममा स्थानीय कलाकारहरु द म्याजीक क्रियु, बालचौतारी अनि स्थानिय गायक अभिनाश न्यौपानेको पनि प्रस्तुती रहने छ।आईन्स्टाईन ईन्टरनेसनल एडुकेसन् सर्भीसेजको प्रस्तुती रहेको यो कार्यक्रमको शुल्क $५० र $२० तय गरिएको छ जसमा $५० भिआपीमा ३ कोर्स खानाको व्यबस्था गरिएको आयोजक मध्यका एक बिनोद भण्डारीले हामीलाई बताउनु भयो।