असार ६ शनिबार काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लडाइँमा सरकार असफल भएको भन्दै युवाहरूले आज शहिदगेट प्रदर्शन गरेका छन् ।
सामाजिक सञ्जालमा आबद्ध युवाहरूको अगुवाईमा सरकारविरुद्ध प्रदर्शन हुँदै आएको थियो । तर शनिबार बिहान बौद्ध प्रदर्शन गर्ने कार्यक्रम राखेका थिए।
प्रदर्शनमा सहभागीहरूले कोरोनासँग जोडिएका विषयमा सरकारलाई प्रश्न गरेका छन् भने नयाँ नक्साका लागि सरकारलाई धन्यवाद समेत दिएका छन् ।
आज बेसार लगाएर सडकमा करिब एक घन्टा सुति बिरोध पर्दशन गरेका थिए ।साथै लागि उनीहरूले ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्साका लागि धन्यवाद नेपाल सरकार । तर १० अर्बको हिसाब खोइ ? लेखिएको ठूलो ब्यानरका साथै ‘नक्साका लागि धन्यवाद, नो आरडीटी १०० प्रतिशत पीसीआर’ लेखिएको प्ले कार्ड पनि बोकेका थिए ।