eNepal

बेइजिङस्थित एक व्यापारिक केन्द्रमा ४५ जनामा कोरोनाको संक्रमण, कडा लकडाउनको घोषणा

चीनको राजधानी बेइजिङमा ५० दिनभन्दा पछि पहिलो कोरोना भाइरस संक्रमण फेला परेपछि दोस्रो चरणको संक्रमणको खतरा रहेको भन्दै चीन सरकारले कडा लकडाउनको घोषणा गरेको छ ।

बेइजिङमा देखिएको प्रकोप शहरकै सबैभन्दा ठूलो होलसेल बजारसँग सम्बन्धित रहेको पाइएको छ । सिनफादी नामक सो बजारका कुल ५ सय १७ जनामा कोरोना भाइरसको परीक्षण गरिएकोमा ४५ जनामा संक्रमण पुष्टि भएको अधिकारीहरुले बताएका छन् । संक्रमण देखिएकाहरुमा रोगको लक्षण भने देखिएको छैन ।

संक्रमण फेला परेको बजार क्षेत्रसँग जोडिएका ११ वटा बजार क्षेत्रमा लकडाउन लागू गरिएको छ । बजारमा कार्यरत १० हजार कर्मचारीको कोरोना परीक्षण गरिने भएको छ ।

यसैगरी सिनफादी बजारसँग हालै सम्पर्कमा आएका हरेक मानिसका साथै सो क्षेत्र वरपरका जिल्लामा बसोबास गर्नेको पनि परीक्षण गरिने अधिकारीहरुले बताएका छन् । बेइजिङको दक्षिण पश्चिम फेङटाई जिल्लामा रहेको सिनफादी बजारमा गएका दुई जनाले आफूहरुलाई कोभिङ-१९ संक्रमण भएको जानकारी गराएपछि शनिबार सबैरैबाट सो क्षेत्रमा लकडाउन गरिएको हो ।

आम नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै संक्रमण भेटिएको बजार र आसपासका क्षेत्रमा लकडाउन गरिएको अधिकारीले जनाएका छन् । संक्रमण भेटिएको जिल्लामा हाल कडा लकडाउनका कारण युद्धको समयमा हुने आपतकालिन जस्तै रहेको बताइएको छ ।

लकडाउनको समयमा सुविधा पुर्‍याउनका लागि हजारौंको संख्यामा सैन्य प्रहरी तैनाथ गरिएको छ । सो क्षेत्रसँग जोडिएको यातायातका साथै विद्यालयसमेत बन्द गरिएका छन् ।

संक्रमणकै कारण बेइजिङमा हुने सबै खेल कार्यक्रमहरु रद्द गरिएका छन् । बेइजिङमा दोस्रो चरणको संक्रमणको त्रास रहेको छ ।

चीनले पहिलोपटक वुहानमा कोरोनाको संक्रमण देखिएपछि कडा लकडाउनकै माध्यमबाट कोरोना नियन्त्रणमा लिएर विश्वमा नै उदाहरण प्रस्तुत गरेको थियो ।

चीनमा हालसम्म कोरोना संक्रमणका कारण ४ हजार ६ सयजना मानिसको ज्यान गएको छ । विश्वमा हालसम्म ४ लाख २६ हजारभन्दा बढीको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ ।

Photo Credit – Greg Baker/Agence France-Presse — Getty Images

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349