eNepal

विदेशबाट आउनेले तारे होटलमा क्वारेन्टिनमा बस्दा यती खर्च गर्न पर्छ

विश्वभर कोरोनाको सन्त्रास र देशमा जारी लकडाउनले होटल व्यवसाय ठप्प भएपछि देशभरका तारे होटलहरुमा क्वारेन्टिन सञ्चालन गर्न निकै इच्छुक देखिएका छन् । सरकारले विभिन्न देशबाट उद्धार गरी ल्याएका विदेशमा अलपत्रमा अवस्थाका नेपाली नागरिकलाई राख्न क्वारेन्टिन स्थल आवश्यक भएकोमा त्यसका लागि डेढ सय होटलहरुले इच्छा देखाएका हुन् । यसरी क्वारेन्टिन बनाउन राजधानी चितवन र लुम्बिनीका १ सय ५६ होटल इच्छुक रहेको होटल संघ नेपालले जानकारी दिएको छ । संघका अनुसार ठमेलका ३०, राजधानीका अन्य स्थानमा रहेका ५७, चितवनका २६ र लुम्बिनीका ४३ होटल क्वारेन्टिन स्थल बनाउन होटलका मालिकहरु इच्छुक देखिएका हुन् ।

सरकारले यसअघि होटल संघ नेपाललाई होटलहरुको नामावली माग गरेको थियो । हालसम्म उल्लेखित होटलको नाम आएको र अन्य क्षेत्रीय संघ तथा इच्छुक होटलहरुको नामावली आए अद्यावधिक गरिने संघले जनाएको छ । यद्यपी संघले उपलब्ध गराएको होटलमा अहिलेसम्म १ जना पनि क्वारेन्टिन बस्न आएका छैनन् ।

संघका अनुसार उपलब्ध नामावली सूचीमा रहेका चारतारे होटलमा क्वारेन्टिन बस्नेले प्रतिव्यक्ति ८ हजार रुपैयाँ प्रतिरात तिर्नुपर्नेछ । यसैगरी, तीनतारेमा प्रतिव्यक्ति ६ हजार, दुईतारेमा ५ हजार, एकतारेमा ४ हजार तथा पर्यटक स्ट्यान्डर्ड होटलमा बस्न प्रतिव्यक्ति ३ हजार रुपैयाँ रकम तिर्नुपर्ने व्यवस्था गरिएको छ । तर ट्विन सेयरिङ सिस्टम अन्तर्गत रुममा दुईजना मिलेर बसेभने उल्लेखित दरभन्दा केही सस्तो पर्ने समेत जानकारी दिएको छ ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349