हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको पावन अवसर पारेर अस्ट्रेलियाको भ्रमणमा रहेकी गायिका कोमल ओली एकाएका गायब भएको समाचार आएको छ। पोई चाहियो भनेर गीत गाउने मेरो लास्टै चोटी हो भन्दै गर्दा अस्ट्रेलीयामा आफुले खोजेको अनि रोजेको बर मिलेर सुईकुच्चा ठोकेको अनुमान गरिएको छ। कहाँ गईन भन्ने कुरा अज्ञात रहेको र कसैलाई पनि खवर नगरि गएको बुझिएको छ।जसले गर्दा कोमल वलीसँग छमछमी कम्मर भाँच्ने सपना धेरै चेलीहरुको चक्नाचुर हुने भएको छ।दाजुभाईहरु पनि सेल्फी खिच्न लालायित भएको डर यो खवरले स्तव्ध बनाएको छ।
यो समाचार आज गाईजात्रा बिशेष भएकोले रमाईलोको लागि लेखिएको जानकारी गराउँछौ।यदि कोही कसैसँग मेल खान गएमा संयोग मात्र रहने छ र यसलाई गाईजात्रा पर्वको रुपमा हाँसो मजाकका रुपमा लिन हुन अनुरोध गरिन्छ।