काठमाडौँ – सरकारले विदेशबाट अप्ठेरोमा परेका नेपालीलाई स्वदेश फर्काइरहेका बेला कतिपय देशमा पुगेका नेपाली एयरलाइन्सहरुरित्तै फर्किइरहेका छन्।
बिहीबार विमान भरेर त्रिभुवन विमानस्थलबाट जापानको नारिता उडेको नेपाल एयरलाइन्स फर्कँदा रित्तैजस्तै आउँदै छ। विमानस्थलस्रोतका अनुसार साढे २ बजे नेपाल आईपुग्ने उक्त विमानमा ६ जना यात्रु छन्।
यसअघि गत साता नेपाल एयरलाइन्सले जापानबाट ७ जना यात्रु लिएर आएको थियो। त्यतिबेला पनि नेपाल एयरलाइन्सले विमानभरि यात्रु लिएर नेपालबाट नारिता पुगेको थियो।
सोही साता नेपालबाट यात्रु लिएर अस्ट्रेलिया पुगेको नेपाल एयरलाइन्स केवल ११ जना यात्रु लिएर फर्किएको थियो। सरकारले राम्रोसँगसमन्वय नगर्दा विमानहरु रित्तै फर्किइरहेका छन्।
तीनै देशबाट फर्कन चाहने नेपालीका लागि सरकारले महँगो टिकट शुल्क निर्धारण गरेको छ। विमान रित्तै गएर यात्रु ल्याउनुपर्ने हुँदाटिकट शुल्क महँगो भएको सरकारको भनाई छ।