हिन्दु नारीहरुको महान चाड हरितालिका तीज स्वदेशमा मात्रै हैन बिदेशी भुमीमा मज्जाले मनाईने गरिएको छ।हरेक बर्ष बिभीन्न सँघ सँस्थाहरु तीज कार्यक्रमहरु लिएर चेलीहरुलाई मनोरन्जन दिलाउन कस्सीकस्साउ गरेर लाग्ने गरेका छन्।नेपाली दिदी बहिनीहरु पनि तीजको व्यग्र प्रतिक्षामा रहेका हुन्छन्। यो चाड रमाईलो गर्ने मात्र नभएर, साथीहरुसँगको भेटघाट, आत्मीयता अनि मायाँलाई साटासाट गर्ने अनि धोको मेटीन्जेल छमछमी नाँच्ने चाड भन्दा उपयुक्त होला। त्यति मात्र नभएर आफ्ना गहना र साडी देखाउनेहरुको पनि तचाडमछाडनै हुने गर्छ।
आधुनिकीकरणसँगै तीजले केही बिकृती पक्कै ल्याकोनै छ। परापुर्व कालमा माईतीबाट बा या दाजुभाई चेलीलाई लिन आउने अनि केही दिनको लागि फुरुक्क पर्दै आमाको हातले पकाएको दर खाँदै दुख सुखको कुरा साट्न माईत जाने अनि पण्चमीपछि बल्ल घर फर्केर आउने चलन थियो तर अहिले पाटी र शोअफमा बढि ढल्केको छ तीज। नेपालमा मात्र नभएर यो चलन बिदेशमा पनि उत्तीकै छ। फेसबुके तीज भएको आजकाल। रमाईलोको लागि भन्दा फेसबुकमा फोटो हाल्न आतुर हुन्छन्। एक चोटी लगाएको साडी अर्को चोटी लाउनु हुन्न भन्ने मान्यता राख्छन् चेलीहरु किनकी त्यो साडी लगाएको फोटो पहिलानै फेसबुकमा हाली सकेको हुन्छ र अर्को नयाँ किन्नै पर्ने हुन्छ जसले गर्दा साडी र गहनाको व्यापारमा पनि मस्तलाएर बढेको छ।
कुरो गरौ मेल्बोर्नमा हुने तीजका कार्यक्रमहरु।
नेप्लीज एसोसीयसन अफ भिक्टोरीया(न्याभ) ले हरेक बर्ष जसो तीजको कार्यक्रम लिएर आउने गरेको छ। त्यसैलाई निरन्तरता दिदै यस बर्ष पनि न्याभ तीज मेला २०१६ लिएर आएको छ जसलाई नारी निकुन्ज अस्ट्रेलीया र ईभेन्ट पाट्नरको रुपमा नेप्ले ईभेन्टले सहयोग गर्दैछ।बिशेष अतिथीको रुपमा नेपाली लोक गायीका एवम् टेलीभीजन समाचार बाचीका कोमल वली आउने भएकी छिन्।कोमल वलीको साथमा यस बर्षको न्याभ तीज मेला पक्कै भव्य हुनेमा कुनै द्वबिधानै छैन।२१ अगस्टका दिन स्थानिय थोनबरी थिएटरमा यो कार्यक्रम हुँदैछ।
प्रबासी नेपाली मन्च भिक्टोरीयाले पनि तीज धमाका २०१६ को आयोजना गर्दैछ। बरिस्ठ लोक तथा दोहोरी गायक एबम् सङ्कलक पशुपती शर्मा र लोक दोहोरी गायीका मन्जु पौडेलको साथमा स्थानीय गाएक बिराज थापाको बिशेष प्रस्तुती रहने भएको छ।स्थानीय ईस्टोनीया हाउसमा ७ अगस्टका दिन यो कार्यक्रम हुने जानकारीमा आएको छ।
दिदी बहिनी समाज भिक्टोरियाले पनि हरेक बर्ष आयोजना गर्दै आएको तीज कार्यक्रम यो बर्ष पनि गर्ने भएको छ। बलत्कार बिरुद्दको ऐकेबद्धता नारालाई अघि सारिएको यो बर्षको तीज बिशेषमा निशुल्क मेकअप, साडी लगाउन मद्दत गर्ने, निशुल्क कपाल सजावट, निशुल्क फोटो साथमा चुरा पोते, साडी र खानाहरुको स्टल पनि रहने छ।१३ अगस्ट शनिबारका दिन ईस्टोनीया हाउसमा यो कार्यक्रम हुने भएको छ।टिकट मुल्य $१० राखिएको छ भने यसबाट उठेको रकम आवाज नेपाल जसले बलत्कारका शिकार भएकाहरुलाई आश्रय दिदै आएको छ, यसलाई सहयोग गर्ने बताएको छ।
अर्को तीजको कार्यक्रम डाँफे एन्ड ब्युटी सैलोनले तीज मेला २७ अगस्टका दिन ईस्टोनीया हाउसमा गर्दैछ जसमा निशुल्क प्रवेशको व्यबस्था गरेको छ।