eNepal

सरकार १० अर्ब खोइ ?

जेठ ३० शुक्रबार – कोरोना रोकथाम र उपचारमा सरकारले प्रभावकारी काम नगरेको भन्दै नागरिक सडकमा उत्रिएका छन् ।

कुनै राजनीतिक दलको ब्यानरविना प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवल, भैरहवा, पाल्पाको तानसेनसहितका शहरहरुमा नागरिकले कोरोना नियन्त्रणमा सरकारको कमजोर नीति र तयारीप्रति शान्तिपूर्ण प्रदर्शन गर्दै असन्तुष्टि पोखेका हुन् ।

सामाजिक सञ्जालहरुमा आन्दोलनमा सहभागी हुन आह्वान गरेका युवाहरुले विभिन्न नाराहरु लेखिएका प्लेकार्ड लिएर बुटवलको अस्पताल लाइनमा दूरी कायम गरेर प्रदर्शन गरेका थिए ।

उनीहरुले सरकारले कोभिड १९को महामारी रोक्नका लागि खर्च गरेको भनेको १० अर्बको हिसाबकिताब सार्वजनिक गर्न माग गरे ।

कोरोना भाइरसको संक्रमण भएकाहरुले प्रभावकारी उपचार नपाएको, मृत्युपछि मात्रै रिपोर्ट आउने गरी परीक्षणमा ढिलासुस्ती गरेको, प्रभावकारी नमानिएको आरडीटी परीक्षण गरेर क्वारेन्टिनमा बस्नेहरुलाई घर पठाउने गरेको जस्ता विषयको आलोचना गरिएका प्लेकार्ड उनीहरुले प्रदर्शन गरेका थिए ।

उनीहरुले एमसीसी सम्झौता नगर्न माग गरेका र रुकुम चौरजहारीमा भएको हत्याको छानबीन गर्न माग गरेका प्लेीकार्ड पनि बोकेका थिए ।

सहभागीहरुले ‘हाम्रो देश प्राणभन्दा प्यारो छ, यो मन त मेरो नेपाली हो’ जस्ता राष्ट्रिय गीतहरु पनि गाएका थिए । उनीहरुले आफूहरु कुनै राजनीतिक दलको आह्वानमा नभई स्वतन्त्र रुपमा सरकारको गलत कामको आलोचना गर्न सडकमा आएको बताए ।

प्रदर्शनमा सहभागी विद्यार्थी सुशील आचार्यले आफू स्वतन्त्र रुपमा कोरोना महामारी नियन्त्रणका लागि गर्नुपर्ने काम नगरेको र भाषणबाजीमा मात्रै सीमित भएकाले सरकारलाई खबरदारी गर्न सडकमा आएको बताए ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349