eNepal

२-० को गोल अन्तरमा “डर्बी”खेलमा सेभियाले रियल बेटिसमाथि जित हात पार्यो

कोरोना महामारीपछि शुरु भएको स्पेनिस ला लिगाको पहिलो खेलमा सेभियाले सहज जित निकालेको छ । ‘डर्वी’ खेलमा सेभियाले रियल बेटिसमाथि २–० को सहज जित निकालेको हो ।
घरेलु मैदान रामोन सान्चेज पिज्जुवान स्टेडियममा सेभियाको सहज जितमा लुकास ओकम्पास र फर्नान्डोले गोल गरे दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रतिस्पर्धात्मक खेलको १०औं मिनेटमा लुकास ओकम्पासको प्रहार पोस्टमा लागेर बाहिरिदा सेभियाले खेलमा अग्रता लिनबाट चुकेको थियो । १९औं मिनेटमा ओकम्पासले नै मौका खेर फाल्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

पहिलो हाफमा पाहुना टोली रियल बेटिसले सेभियाको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन । दोस्रो हाफको शुरुमै जेसस नाभासको पासमा मुनिर इएल हाडडाडीको प्रहार सदुपयोग हुन नसक्दा सेभिया पुनः अग्रता लिनबाट चुक्यो । ५६औं मिनेटमा लुकास ओकम्पासले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

मार्क बार्टाले लुक डि जोङमाथि फउल गरेपछि रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को सहायतामा सेभियालाई पेनाल्टी प्रदान गरेको थियो । जसमा ओकम्पास चुकेनन् । ६२औं ओकम्पासकै कर्नरमा अनमार्क रहेका फर्नान्डोले हेडमार्फत गोल गर्दै सेभियाको अग्रता दोब्बर पारे । खेलमा २–० ले पछि परेपछि रियल बेटिसले बल पोजेसनमा पकड बनाउदै केही आक्रमण बुनेपनि गोल गर्न चुक्दा पराजित हुन पुग्यो ।

जितसँगै सेभियाले अर्काे सिजनको च्याम्पियन्स लिगका लागि स्थान बनाउने सम्भावना बलियो बनाएको छ । तेस्रो स्थानमा रहेको सेभियाको २८ खेलबाट ५० अंक पुगेको । समान खेलबाट ३३ अंक रहेको रियल बेटिस १२औं स्थानमा यथावत छ ।

ला लिगामा आज राति दुई खेल हुदैछ । ग्रानडा र गेटाफे राति ११ः१५ बजे तथा भ्यालेन्सिया र लेभान्टे राति १ः४५ बजे आमनेसामने हुदैछ ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349