eNepal

आजदेखी निजि सवारी साधनमा जोर गते जोर नम्बरको बिजोर गते बिजोर नम्बरको सवारी साधन चलाउन पाइने

३०जेठ, शुक्रबार काठमाडौँ । सरकारले लकडाउनको मोडालिटी परिर्वतन गरेसँगै भोलिबाट जोरविजोर प्रणालीमा निजी सवारी साधान चलाउने पाइने भएको छ ।

जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाईने छैन । उपत्यकाको हकमा तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिने छ ।

यसअघि पास लिएर सञ्चालन भएको निजि सवारी साधनहरू पनि जोर विजोर प्रणाली अनुसार मात्र चल्नु पर्नेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालका अनुसार ४ पाङ्गे सवारी साधनमा चालकसहित ३ जनासम्म सवार हुन सक्नेछन् । २ पाङ्गे सवारी साधन ( मोटरसाइकल, स्कुटर, मोपेड) मा भने चालक मात्र हुनु पर्नेछ ।

अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू वेलुका ९:०० बजेदेखि विहान ५:०० बजेसम्म चलाउन भने रोक लागाइएको छ ।

सार्वजनिक यातायात अर्थात कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चल्न पाइने छैन ।

जोर बिजोर प्रणालीलाई उल्लङ्घन गरेर सवारी साधन चलाउने उपर भने विभिन्न चेकप्वाइन्टमा खट्टिएका ट्राफिक प्रहरीले चेकजाँच गरी नियमानुसार कारवाही गर्ने कुरा महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए । उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई भने अनिवार्य पास लिएको हुनुपर्ने उनले बताएका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349