eNepal

अर्घाखाँचीमा क्वारेन्टाइनमा बिरामी भइ मृत्यु भएका ब्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि

२९ जेठ, बिहीबार । अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बिरामी परेका र पछि मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बिरामी परेका र बुटवलमा उपचार गराएर फर्किँदा बाटोमा मृत्यु भएका ५७ वर्षका व्यक्तिमा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले जानकारी दिए। उनको जेठ २३ गते नै स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो ।

स्वासप्रस्वासको समस्या भएपछि उनलाई बुधबार उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । बुटवलमा उपचारपछि घर फर्किने क्रममा उनको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने उनको मृत्यु कोरोना संक्रमणबाट भएको वा नभएको बारे खुलाएको छैन ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349