eNepal

यी नौ वटा राष्ट्रले कोरोनाभाइरस मुक्त भएको घोषणा गरे

विश्वभर कोरोनाभाइरस सङ्क्रमित हुनेको सङ्ख्या ७० लाख नाघेको छ । चार लाख भन्दा बढीको मृत्यु भएको छ । दक्षिण एशियाली राष्ट्र भारत, पाकिस्तान र नेपालमा भने कोरोना सङ्क्रमणको दैनिक नयाँ बिरामीको सङ्ख्या चिन्ताजनक रुपमा बढिरहँदा यी नौ वटा राष्ट्रले कोरोनाभाइरस मुक्त भएको घोषणा गरेका छन् ।

न्युजिल्याण्ड

जुन ८ मा न्युजिल्याण्डले कोरोनाभाइरसका अन्तिम बिरामी निको भई घर फर्केको घोषणा गर्यो । अब भाइरस सङ्क्रमणका सक्रिय बिरामी नरहेको स्वास्थ्य अधिकारीहरूले जुन ८ मै प्रष्ट्याए । प्रशान्त महासागरको टापू राष्ट्र न्युजिल्याण्डमा एक हजार पाँच सय सङ्क्रमित थिए । त्यहाँ २२ जनाले मृत्युको सामना गरे । न्युजिल्याण्डको जनसङ्ख्या ४८ लाख ८६ हजार छ । 

न्युजिल्याण्ड सात हप्ताको लकडाउनलाई कडाइपूर्वक लागू गर्यो । जसमा सबै व्यापारिक र व्यावसायिक गतिविधि र सर्वसाधारणको जनजीवन पूर्णरुपमा ठप्प रह्यो । केही अत्यावश्यक सेवामा कार्यरत श्रमिकका अतिरिक्त । प्रधानमन्त्री जसिन्डा अर्डेनले जुन ९ देखि कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने जोखिमबीच अपनाइएको सबै सतर्कताका उपायहरू खुला भएको र सीमा प्रतिबन्ध यथावत रहने घोषणा गर्नुभयो ।

तान्जानिया

आइतबार अफ्रिकी राष्ट्र तान्जानियाले कोरोनामुक्त भएको दाबी गर्यो । सार्वजनिक रुपमा कोरोना सङ्क्रमणसँग सम्बन्धित तथ्याङ्क अद्यावधिक गर्न बन्द गरेको छ हप्तापछि उसले यस्तो दाबी गर्यो । दैविक कृपाले कोरोनामुक्त हुन सफल भएको तान्जानियाका राष्ट्रपति जोन मगुफुलीले आइतबार एक चर्चमा आयोजित समारोहमा धारणा राख्नुभयो । तान्जानियामा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ५०९ जना रहेको छ ।

तर प्रतिपक्षी दल र छिमेकी राष्ट्रले पूर्वी अफ्रिकी राष्ट्र तान्जानियामा सङ्क्रमितको सङ्ख्या उकालो लाग्ने क्रम यथावत रहेको जनाएको छ । विपक्षीले तान्जानियामा लाखौँ व्यक्ति सङ्क्रमित रहेको दाबी गरेको छ । तान्जानियाको जनसङ्ख्या पाँच करोड ९७ लाख ३४ हजारको करिब छ । यद्यपि सङ्क्रमितको सङ्ख्या न्यून र मृत्युको घटना दर्ता नगरिएको जनाउनु आश्चर्यजनक रहेको अर्थ्याइएको छ ।

भ्याटिकन

द भ्याटिकनले जुन ६ मा कोरोनाभाइरसका कुनै बिरामी नरहेको जनाएको छ । सबै १२ जना सङ्क्रमित मुक्त भइसकेको उसले जनाएको छ । द भ्याटिकनका प्रवक्ता मटिओ ब्रुनीले सबैभन्दा पछिल्ला बिरामीको परीक्षण प्रतिवेदन सङ्क्रमण नरहेको पुष्टिसँगै मुक्त भएको बताउनुभयो । द भ्याटिकनमा कोरोनाबाट मृत्यु भएको छैन । स्वास्थ्य आपातकालीन अवस्था सुरु भए यता पाेप फ्रान्सिसले जुन ७ मा सेन्ट पिटर्स स्क्वायरमा पहिलोपटक सम्बोधन गर्नुभयो । द भ्याटिकनको जनसङ्ख्या मात्र ८२५ रहेको छ ।

फिजी

मे महिनाको अन्तिम साता फिजीले कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएको जनायो । उसले सबै १८ जना भाइरस सङ्क्रमणबाट मुक्त भएको जनाएको छ । दक्षिणी प्रशान्त क्षेत्रको टापू राष्ट्र फिजीका प्रधानमन्त्री फ्रान्क बैनिमरामाले शुक्रबार कोरोनामुक्तको घोषणा गर्नुभयो । कुनै सक्रिय बिरामी नभएको उहाँले दाबी गर्नुभयो । बैनिमरामाले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभयो, “परीक्षणको दर बढाउँदै आएपनि पछिल्लो सङ्क्रमित फेला परेको ४५ दिन भएको छ, मृत्यु भएको छैन्, निको हुने दर शत प्रतिशत दर्ता गरिएको छ ।” 

करिब नौ लाख जनसङ्ख्या रहेको फिजीले अप्रिल महिनामा सीमा प्रतिबन्धसँगै केही क्षेत्रमा लकडाउन गरेको थियो ।

मोन्टेनेग्रो

पहिलो सङ्क्रमित पुष्टि भएको ६९ दिनपछि मोन्टेनेग्रोले मे २४ मा कोरोनामुक्त भएको घोषणा गरेको छ । कोरोनामुक्त घोषणा गर्ने मोन्टेनेग्रो पहिलो युरोपेली राष्ट्र हो । मोन्टेनेग्रोमा ३२४ जना कोरोनाभाइरस सङ्क्रमितको पुष्टि भएको छ । नौ जनाको मृत्यु दर्ता गरिएको छ ।

सेसिलाज

टापु राष्ट्र सेसिलाजको जनसङ्ख्या ९६ हजार ७६२ छ । मे १८ मा सेसिलाजको स्वास्थ्य मन्त्रालयले कोरोनाबाट पूर्णमुक्त भएको जनायो । सेसिलाजमा ११ जना कोरोनाभाइरसका सङ्क्रमितको पुष्टि भएको थियो । मृत्युको सामना उसले गरेन ।

सेन्ट किट्स एण्ड नेभिस

वेष्टइन्डिज राष्ट्र सेन्ट किट्स एण्ड नेभिसले मई १९ मा कोरोनामुक्त भएको घोषणा गर्यो । ५२ हजार ४४१ जनसङ्ख्या रहेको टापु राष्ट्र सेन्ट किट्स एण्ड नेभिसमा कोरोना सङ्क्रमणका १५ बिरामी फेला परेको थियो । सबै सङ्क्रमित विदेशबाट आएको जनाएको सेन्ट किट्स एण्ड नेभिसले कोरोना सङ्क्रमणको कुनै बिरामी नभएको जनाएको छ ।

टिमोर लेस्ट

आफ्नो २४ औँ सङ्क्रमित निकोपछि मई १५ मेमा टापु राष्ट्र टिमोर लेस्टले कोरोनामुक्त भएको जनाएको छ । भाइरसको सङमणबाट मृत्युको घटना टिमोरले सामना गरेनन ।

पपुवा न्यू गिनी

सन् २०१८ को जनगणना अनुसार ८६ लाख जनसङ्ख्या भएको प्रशान्त क्षेत्रका राष्ट्र पपुवा न्यू गिनीले मे ४ तारिमा नै कोरोनामुक्त भएको दाबी गर्यो । पपुवा न्यू गिनीमा कोरोनाका २४ जना सङ्क्रमितको पुष्टि भएको थियो । भाइरसबाट कुनै मृत्युको सामना उसले गरेन ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349