टोकियो । जापानले कोरोना भाइरसको महामारीका कारण यात्रामा लगाएको प्रतिबन्ध विस्तारै फुकाउने योजना बनाइरहेको छ ।
बुधवार सरकारी स्रोतले बताए अनुसार सरकारले अष्ट्रेलिया, न्यूजिल्याण्ड, थाइल्याण्ड र भियतनामबाट आउने दैनिक करीब २ सय ५०को संख्यामा विदेशी यात्रीहरुलाई देशभित्र प्रवेश गर्न दिने भएको छ ।
यो कोटा यही गर्मीयामदेखि लागू गर्न खोजिएको र शुरुमा कार्यकारी, इन्जिनियर लगायत व्यवसायिक मानिसहरुको लागि मात्रै लागू हुनेस्रोतको भनाइ छ । योजनाको अन्तिम विवरणलाई कोरोना भाइरस नियन्त्रण सम्बन्धी सरकारी कार्यदलले छिट्टै अन्तिम रुप दिनेबताइएको छ ।
जापानले अहिले १ सय ११ देश र क्षेत्रमाथि प्रवेश प्रतिबन्ध लगाएको छ । जापान आउनु १४ दिन अगाडि यी देश वा क्षेत्रमा जाने विदेशीयात्रीहरुलाई समेत फिर्ता पठाइदैं आएको छ ।
केही देशहरुले आफ्नो सीमा खुलाउन थालेकोले जापान छाड्ने मानिसको पोलिमिरेज चेन रिअक्स्न (पीसीआर) परीक्षण गरे तिमानिसहरु संक्रमित छैनन भन्ने प्रमाण दिन सरकारले स्टेशन पनि स्थापना गर्नेबारे सोचिरहेको छ ।
विदेश मन्त्रालयका अनुसार १ सय ८१ देश वा क्षेत्रमा जापानमाथि कुनै न कुनै खालको यात्रा प्रतिबन्ध लगाएका छन् । यी देशहरुमाअष्ट्रेलिया, न्यूजिल्याण्ड, थाइल्याण्ड र भियतनाम पनि पर्छन् ।
यात्रामा गरिएको कडाई खुकुलो बनाउने काम पारस्परिक हुने र कोभिड – १९ फैलिने जोखिम बिना यस्तो कसरी गर्ने भन्नेबारे यीदेशहरुसँग वार्ता समेत भइरहेको स्रोतले बताएको छ ।
हरेक देशबाट कति जनालाई आउन दिने र गन्तव्यमा पुगिसकेपछि कतिको स्वतन्त्रता पूर्वक हिड्न दिइने भन्नेबारे समेत छलफलभइरहेको बताइएको छ । स्रोतका अनुसार महामारी नियन्त्रण भइसकेको र जापानसँगको बलियो आर्थिक सम्बन्धका कारण यी देशहरुरोजिएको हो ।