eNepal

बाढीको असर कुन कुन जिल्लामा कति: बिबरण सहित

साउने झरीसँगै आएको बाढीले नेपालका बिभीन्न ठाउँको जनजीवनप्रभावित पारेको छ।

बुटवलको देबिनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल तिनाउ नदीको बाढीले बगाएको छ भने सोमबार अपराह्नदेखि परेको अविरल वर्षाका कारण पोखरा–बागलुङ सडक र पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेका छन् ।त्यस्तै पुर्बी नेपालको कोसी ब्यारेजका ३२ ढोका खोलिएको छ भने शुक्रबारदेखिको अविरल वर्षासँगै जिल्लाका तीनवटा खोलामा आएको बाढीले सप्तरीका विभिन्न १३ वटा गाउँ–टोलका झन्डै दुई हजार घर डुबानमा परेका छन्।

गएराति देखि परेको अविरल वर्षाले मादी नदीमा बाढी आएपछि कास्कीको पार्चे-१ सोँधा गाउँको थप तीन घर बगाएको छ भने उता सोमबार दिउँसोदेखि अविरल परेको वर्षाका कारण कालीगण्डकी नदीको सतह बढ्दा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित सेतीवेणी बजार डुबानमा परेको छ। अविरल वर्षाका कारण प्युठानको झिमरुक खोलाले बगाएर ल्याएका ४ वटा मृत शव फेला परेका छन्। जिल्ला प्रहरीका अनुसार ५ जना पहिरोमा पुरिएर बेपत्ता भएका छन्। प्यूठानको लुङ–६, बाहाने बजारमा घर भत्किँदा स्थानीय शोभा रिजाल पुरिएर वेपत्ता भएकी छिन्।

लामो समय लगातार भएको वर्षाका कारण वीरगन्जका अघिकांश भूभाग जलमग्न बनेका छन्। करिब ३ दर्जनका हाराहारीमा ट्रान्सपोर्ट कम्पनीहरु सञ्चालनमा रहेको आर्दशनगरका धेरै भूभाग डुबानमा परेका छन् भने शहरका अन्य भूभाग पनि डुबानमा परेका हुन्।लगातारको वर्षाले नारायणी नदीमा आएको बाढीले खतराको सङ्केत गरेको छ । नारायणीमा रहेको जल मापन केन्द्रले आठ मि पानीको सतह देखाएको छ । यो जोखिमको अवस्था हो । पानीको सतह बिहानभन्दा पनि अहिले बढ्दै गएको छ भने यता गण्डक नहरमा पानीको बहाव खतराको सूचिभन्दा माथि पुगेपछि गृह मन्त्रालयले तुरुन्त ढोका खोल्न निर्देशन दिएको छ ।

नवलपरासीको त्रिवेणीमा भारतीय पक्षले बाँधेको बाँधेका कारण पानीको सतह खतराको संकेतभन्दा माथि पुगेको हो ।

साभार: रासस

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349