eNepal

आफ्नो चरित्रमा आक्षेप लगाइएका कारण हत्या गरेको आरोपीको बयान

रुपन्देहीको तिलोत्तमास्थित पशु फार्ममा भएको सामूहिक हत्याकाण्डका आरोपीले पटकपटक आफ्नो चरित्रमा आक्षेप लगाइएका कारण घटना भएको बयान दिएका छन् ।

हत्याकाण्डको अनुसन्धान गर्न प्रदेश नं ५ प्रहरी कार्यालयले गठन गरेको समितिले हिजो बुटवलमा पत्रकार सम्मेलन गरी घटनाका आरोपी सुर्खेतको साविक नेटा गाविस–३ का ३१ वर्षीय झसेन्द्रबहादुर सिञ्जालीले चरित्र हत्याकै कारण आवेशमा आएर हत्या गरेको बयान दिएको जानकारी गराएको छ ।

हत्यापछि फार्मभित्रै पराल राख्ने ठाउँमा बेहोस अवस्थामा झसेन्द्र पक्राउ परेका थिए । मुसा मार्ने विषादी सेवन गरेका कारण उनी बेहोस अवस्थामा भेटिएको र उपचारपछि ठीक भएको प्रहरीले जनाएको छ । तिलोत्तमा–१० मैनहवास्थित गङ्गादेवी पशु फार्ममा सोमबार राति पाँच जनाको सामूहिक हत्या भएको थियो ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349