eNepal

नेप्ले ईभेन्ट्सको सङ्गीत हाम्रो साथी- आस्था ब्यान्ड रि युनियन टुर लाहुरेको साथमा

image

आस्था व्यान्डबाट गायकको परिचय दिदैं नेपाली पपगायनमा प्रवेश गरेका गायक नरेन लिम्बु र सुदिप गुरुङले आगामी ५ सेप्टेम्बरका दिन मेल्बोर्नको क्राउन कम्प्लेक्सको थेरापीमा आफ्नो प्रस्तुती दिने भएका छन्।नेप्ले ईभेन्टसले आयोजना गर्न लागेको यो कार्यक्रमको नाम सङ्गीत हाम्रो साथी राखिएको छ।

सन् २००३ मा सुदिप गुरुङका साथमा स्थापना भएको ‘आस्था’ व्यान्ड र सोही ब्यान्डको नाममा निस्किएको एल्बमले नरेन र सुदिपलाई नेपाली संगीतमा स्थापित गरायो।

आस्थामै समावेश भएका दुई गीत ‘हरपल’ र ‘एक मौका’ले दुवैको चर्चा बटुलेका थिए। तर दोस्रो एल्बम निस्कनु अघि सुदिप पढ्न लन्डन गएपछि नरेनले एक्लै नेपाली संगीतमा निरन्तरता दिइरहेका छन्।आस्थाको ‘मलाई भन्न आउँदैन’, ‘प्रायश्चित’, ‘एक मौका, ‘जिन्दगी मेरो’, ‘जुनी’, ‘बन्धन’, ‘अर्थ’ लगायतका दर्जनभन्दा बढी गीत युवाहरु माँझ लोकप्रीय रहेका छन्।

आस्थालाई साथ दिदै नेपाली र्यापर आशिष राना यानिकी लाहरेले पनि सङ्गीत हाम्रो साथीमा साथ दिने भएका छन्। ‘मेरो सोल्टा’, ‘युद्ध’, ‘बनावटी’, ‘केस नः४२०’ जस्ता हिट गीतहरु रुचाईएका गीतहरुमा पर्छन भने नेपाली र्यापरहरुमा आफ्नो पृथक शैलीको कारण युवाहरु माँझ लाहुरे लोकप्रीय रहेका छन्।

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349