जेठ २८ बुधबार काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाको कारणबाट १५ जनाको मृत्यु नभएको बताएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले साे कुरा बताएका हुन् ।
उनले कतिपयको उपचार गर्ने बेला कोरोना नदेखिएको र मृत्युपछि कोरोना संक्रमण भएकाे पाइएको पनि बताउँदै उनीहरुकाे काेराेनाकै कारणले मृत्यु भएकाे भन्न नमिल्ने बताए ।
निधन भएका भनिएकाहरुलाई पहिले नै कुनै रोगले च्यापेको कारण मृत्यु भएको उनकाे धारणा छ ।