eNepal

हामी अडिए मात्रै पनि हाम्रो भूमि जोगाउन सक्छौँः प्रधानमन्त्री

काठमाडौँ, जेठ २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको साझा प्रयासले नयाँ नक्सा जारी भएको बताउनुभएको छ । उहाँले हाम्रो पुर्खाले लडेर बनाएको र जोागाएको कारणले हामी अहिले अडिएर बसे पुग्ने बताउनुभएको छ । सङ्घीय  प्रतिनिधिसभा बैठकलाई  सम्बाेधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले संसदले पुर्खाले जोगाएको कुरामा अडिन खेलेको भुमिका निक्कै सराहनीय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘कसले जस लिने र श्रेय लिने ? कसकाे देवत्वकरण गर्ने भन्ने कुरा हैन ।  लामो समयदेखि जनस्तरबाट उठेको छ । हामीले कसैले जस पाउला भनेर चिन्ता गर्न पर्दैन यो सबैको साझा कुरा हो । यसको जस कसैले लिँदैन । यो सबैको विजय हो । हामी फराकिलो भावनाले अघि बढाएका छौँ । जसका लागि सबै सर्वदलिय र सर्वपक्षिय बैठक अनुसार नै प्रयास अघि बढेको हो ।’

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal