नेपाली रक व्यान्ड कबवेभको साथमा युवा गायक रोहीतजोन क्षेत्री र स्थानिय ब्यान्ड एके-४७ले हिजो आईतबार मेल्बोर्नमा आफ्नो रकिङ प्रस्तुती दिएर मेल्बोर्नका नेपाली दर्शकलाई मनोरन्जन दिएको छ। स्थानिय ट्रयाक लाईभ लन्ज बारमा सम्पन्न ओसम-३मा दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो।
रक गीत सङ्गीतका पारखीहरुले भरिएको हलमा करिब साडे तीन घन्टा कलाकारहरुबाट आफ्ना गीत सङ्गीत प्रस्तुत भएको थियो। कार्यक्रमको शुरुवात स्थानीय ब्यान्ड एके-४७ जुन केही हप्ता अगाडी मात्र आएको हो, टु म्यान व्यान्डको नामले परिचीत ड्रमर कुमार महर्जन र स्याडोज नेपालसँग आबद्द अमीत प्रदानको रकिङ प्रस्तुतीले माहोललाई एकाएक तताएको थियो। उनीहरुको सङ्गीतको तालमा झुम्दै लट्ठ दर्शकको तालीले झन् माहोल एकाएक हट भईसकेको थियो।
त्यसको लगत्तै गायक रोहीतजोन क्षेत्रीको आगमनले माहौललाई झन् रोमान्टीक मोडमा लग्यो। शुरुवात देखीनै दर्शकहरुले बिस्तारै बिस्तारै भन्दै हुटीङ गर्न थाले पछि यो गीत नगाई सुखनै पाएनन्।यसका अलावा अरु मिठा कर्णप्रिय गीतहरु सान्नानी, पानी पर्यो पनि गाएका थिए भने नेपाली देश प्रेमका भावनाले ओतप्रोत भएका गीतका केही अँशहरु बिरताको चिनो, जसो गर जे भन अनि रातो र चन्द्र सुर्य गाउँदा दर्शकले मस्तसँग साथ दिएका थिए।
धेरै समयको प्रतीक्षा पछि अन्ततः स्टेजमा कबवेभको आगमन भयो। पुरानो नेपाली रक व्यान्डले आफ्ना केही नेपाली हीट गीतहरु मार्यो नी मार्यो नी, मर्सिटीज बेन्जमा, नमस्ते लगायत थुप्रै नयाँ र पुराना गीतका साथमा केही अङ्ग्रजी गीतहरु प्रस्तुत गरेको थियो। दर्शकहरुबाट पुन गाउने आग्रह पनि भईरहेको थियो।धेरै समयपछि आफ्नो मन पर्ने व्यान्डको प्रस्तुतीमा रमाईलो गर्ने दर्शकहरु सङ्गीत र नसाको तालमा लट्ठ थिए भने होस्ट बिराज सिङ खड्काको प्रस्तुतीले कार्यक्रमलाई झन् रोमान्चक बनाएको थियो। होस्टले जय सम्भु र नेपाल भनेर दर्शकलाई पुनः भन्ने आग्रह गर्दा नेपाल नेपाल भनेर पुरै हल गुन्जिएको थियो।
ओसम-३लाई सोलाङ्चर र एस ईभेन्ट्स एन्ड मल्टिमिडीयाले सँयुक्त रुपमा आयोजना गरेको थियो ।