eNepal

कोरोना ,लकडाउन र आर्थिक प्रभाव

अशोक बहादुर टन्डन

जेठ २८ बुधबार

कोरोना भाइरसले(कोभिड १९) संसारलाई तीव्रत्तर प्रभावित बनाएको छ । यसको प्रभावबाट लाखौंले ज्यान गुमाउनु परेको छ भने करिब ७१ लाख जनता रोगबाट सङक्रमित हुनुपरेको छ भने ज्यान गुमाउनेको संख्या पनि वृद्धि हुँदै गएको छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा बिश्व भरका आम नागरिक यसबाट प्रभावित हुँदा जनजीवन कष्टकर बन्दै गएको छ । यो भाइरस यतिबेला २१० भन्दा बढी देशमा फैलिसकेको छ । नेपाल उच्च जोखिममा छ र यसका विरुद्ध सबै खालका उपाय अगाडि बढेका छन् ।नेपालमा अहिले सम्म ४ हजार भन्दा बढी सक्रमित भएको अवस्था छ भने हालसम्म १५ जनाको मृत्यु भएको छ। नेपाल अहिलेसम्म सचेतनाकै लडाइँमा छ जसलाइ रोकथाम गर्न अहिले लकडाउन लगाइएको छ ।

कोरोनाले आम मानिसको जिबनमा मनोबैज्ञानिक असर त पुगेको छ दिन प्रतिदिन जीवन कष्टकर बन्दै गएको छ । सबै क्षेत्रलाई प्रभाव पारेको पक्कै छ र त्यसमा पनि अर्थतन्त्र सबैभन्दा बढी प्रभावित छ । कति प्रभावित पार्ने हो, अहिले यसै भन्न सक्ने अवस्था छैन । चीन कोरोनाविरुद्धको तीनमहिने सघन लडाइँबाट विजयको खुड्किला टेक्दै छ । युरोप र अमेरिका भारत सघन लडाइँ लड्दै छन् । । नेपालमा पनि यस लडाइँ लड्ने प्रयत्न स्वरुप लकडाउन सुरु गरेको ७९ दिन भएको छ ।

विश्व अर्थतन्त्र तहसनहसको दिशातिर अग्रसर छ । तीन दशक यता विश्वव्यापीकरणको तीव्रत्तर विकासले संसार एउटा गाउँमै परिवर्तन भएको थियो । यातायात, सञ्चार र प्रविधिले मानिसलाई जोडेको थियो । हवाई यातायातको व्यापक विकास भएको थियो । त्यही विश्वव्यापीकरणको व्यापकता समाउँदै कोरोना भाइरसले दुई/तीन महिनामै संसारलाई आक्रमण गरेको छ । मानव सभ्यतामा चुनौतीको पहाड बनेको छ ।

मूलभूत रूपमा अर्थतन्त्रका तीनवटा आयामहरू छन्– कृषि, उद्योग र सेवा क्षेत्र । कुनै बेला कृषि क्षेत्रमात्र जीवनको मुख्य आधार रहेकोमा बिस्तारै उद्योग र सेवा क्षेत्रमा अर्थतन्त्र रूपान्तरण भयो । कुनै पनि मुलुकको आर्थिक विकास कति भयो भन्नका लागि कृषि क्षेत्रबाट उद्योग र सेवा क्षेत्रमा जनशक्ति रूपान्तरण भएको अवस्थालाई आधार मानिन थालियो । युरोप र अमेरिकामा दुई÷तीन प्रतिशत मानिसले खेती गरेर पूरै अर्थतन्त्र धानेका छन् । ठूलो जनशक्ति उद्योग र सेवा क्षेत्रमा रोजगारप्राप्त छ । त्यसै आधारमा नेपालजस्ता अल्पविकसित मुुलुुकको जनसङ्ख्या पनि रोजगारीका लागि सहर पस्ने र देशबाहिर जाने लहर चल्यो । झन्डै ५० लाख नेपाली यतिबेला देशबाहिर श्रम बेच्न पुगेका छन् । कोरोना भाइरसको प्रभावले अब बहुसङ्ख्यक नेपाली विदेशमा बेरोजगार भएका छन् । उद्योग र सेवाक्षेत्रबाट एकैपटक व्यापक बेरोजगारी बढेको छ । विश्वको हवाई क्षेत्र नराम्ररी प्रभावित भएको छ । ठूलो लगानी भएको हवाई क्षेत्र धराशयी हुँदा लगानी, आय र रोजगारीमा व्यापक असर पर्नेछ । सेवा अर्थतन्त्रको सबैभन्दा ठूलो आधार बनेको थियो– यातायात, होटल तथा रेष्टुराँ सेवा । व्यापक रोजगारी यो क्षेत्रले धानेको थियो । पर्यटन अर्थतन्त्रको आधार थिए यी । पर्यटन अर्थतन्त्र सेवा उद्योगको आधारस्तम्भ ध्वस्तजस्तै बनेको छ । अब कहिलेसम्म यो माथि उठ्छ, यसै भन्न सकिने अवस्था छैन । बेरोजगारी व्यापक बढ्ने अवस्थामा छ ।

विश्वको पुँजी बजार कोरोना प्रभावमा व्यापक रूपमा प्रभावित भएको छ । विश्वभरि नै सेयरमा मूल्यहरू तल आएका छन् । पुँजी क्षयीकरण भएको छ । नेपाली पुँजी बजार लामो मन्दीपछि फेरि उठ्ने तर्खरमा थियो तर फेरि थला बसेको छ । राजधानी काठमाडौँ छोडेर झन्डै १० लाख मानिस पछिल्ला दिनमा गाउँमा पुगेको अनुमान छ । बाहिरबाट पनि घर आउने चाहना धेरैको अपूरै छ । विश्वभरकै आर्थिक गतिविधि अहिले सुस्त भएको छ र नेपाल पनि अनेक तरहले प्रभावित भएको छ समृद्धिका दिशातिर भर्खर बामे सर्न खोजेको मुलुकको आर्थिक विकासको दिशा होस् अहिलेलाई ठूलो सङ्कट आएको छ ।

कोरोना प्रभावले संसार महामन्दीको सङ्घारमा उभिएको अवस्थामा हरेक व्यक्ति संयम हुनु जरुरी छ । बलियो आर्थिक अनुशासनमा बाँधिनु जरुरी छ । मितव्ययिता आर्थिक सङ्कटसँग लड्ने सबैभन्दा ठूलो हतियार हो । मै मात्रै खाऊँ, मै मात्रै लाऊँ भन्ने स्वार्थी भावनाले सङ्कटसँग लड्न सकिँदैन । मितव्ययिताले साधन र स्रोतको प्रभावकारी प्रतिफल दिन्छ । यस्तो अवस्थामा कृषि अर्थतन्त्रसित जोड्नु जरुरी छ । खाद्यान्न उत्पादन भयो भने त्यसले मानिसको जीवन धान्छ । आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सहयोग पुर्याउनु अर्को ठूलो कर्तव्य हो ।

घरमै बसेर कम्तीमा आफ्नो स्वास्थ्य आफैँले हेर्ने अवस्था भयो भने त्यो परिवार, समाज, देश र संसारकै लागि यतिबेलाको ठूलो योगदान हुनेछ । सङ्क्रमण आफूलाई हुने नदिने र अरूलाई पनि सही सूचना दिएर सहयोग गर्नु अहिलेको वाञ्छनीय अवस्था हो । सकेसम्म घरमै बसेर पनि सिर्जनशील हुनु आवश्यक छ । गाउँ–गाउँ पुगेकाहरूले कृषिकर्ममा आफूलाई जोड्न सके त्यसबाट उत्पादनमा सकारात्मक प्रभाव पर्नेछ । पुर्खाले खेतीपातीलाई उत्तम पेसा किन भनेको थिए ? भन्ने कुरा यस्तै सङ्कटमा स्पष्ट हुन्छ । सङ्कट आफैँमा परीक्षा हो र यसबाट पार पाएपछि मात्र कुनै पनि व्यक्ति, राष्ट्र सफल हुनेछ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349