eNepal

प्रशासनले अबरोध गरेपनी अब निरन्तर पसल खोल्ने साना तथा मझौला ब्यापारीको निर्णय

जेठ २८ बुधबार काठमाडौं । दुई महिना १० दिन पसल बन्द गरेको दबारमार्ग, महाबौद्ध, असन, न्यूरोड, भोटाहिटी र ठमेलका व्यापारी लकडाउनले खानकै लागि समस्या परेको भन्दै २१ जेठ बिहीबारदेखि पसल खोल्ने निर्णय गरेका थिए । लकडाउनकै बीचमा व्यापारीले बिहान ११ बजेसम्म पसल र व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका थिए ।

तर, निर्णय गरेर पसल खोलेको ६ दिन पछि मंगलबार न्यूरोडमा नेपाल प्रहरीले पसल बन्द गरायो । सरकारले लकडाउन कै बीचमा कर बुझाउने मिति तोकेपछि आक्रोसित हुँदै व्यापारीले पसल खोल्ने निर्णय गरेका थिए । व्यापारीले घरभाडा, खानाको लागि समस्या र कर्मचारीको तलब दिन समस्या भएको भन्दै पसल खोलेका बताउँछन् ।

नेपाल राष्ट्र व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सरकारले साना उद्योग र व्यापारीको कुरा नै नसुनेको र व्यापारीलाई समस्या पर्दै गएको कारणले पसल खोलेको बताए ।
‘प्रहरीले अवरोध गरे पनि निरन्तर पसल खुल्ने छन्,’ उनी भन्छन् ।

व्यापारीलाई घरधनीले भाडा माग्ने, सरकार लकडाउनको बीचैमा कर तिर भन्ने, मजदुर तलब माग्ने अनि सबै कुरा व्यवस्थापनका लागि पसल खोल्नुको विकल्प नभएकाे र व्यापारिक केन्द्रहरुको प्रतिनिधिहरुलाई पनि राखेर एउटा समिति गठन गरेर सबैबीच छलफल गर्नु पर्ने कटुवाल बताउँछन् ।

‘प्रहरीले आज हाम्रा व्यापारीलाई लाठी प्रहार गर्यो, तर हामी लाठी हान्दैमा डराउदैनाैं, हामीले कोरोनाबाट सुरक्षित रही पसल खोलेका थियौं, तर आज बिहान आएर न्यूरोडको पसल प्रहरीले एक्कासी बन्द गरिदियो, स्वतन्त्र तरिकाले व्यापार गरेर खान पाउने हाम्रो पनि अधिकार छ, सरकारले लकडाउन मात्रै गरेर समस्याकाे समाधान हुँदैन, समस्यामा परेका व्यापारीको पनि कुरा सुन्नु पर्छ, तर हाम्रो कुराको कतै पनि सुनुवाइ नै भएन,’ कटुवालले भने ।

व्यापारीहरु समस्यामा परेका बताइरहेका छन् । बैंक कर्जा तिर्नु परेकाे छ । घरभाडाका लागि घरधनीको फोन आइरहेको छ । चीनबाट सामान बोकेको १५ सय कन्टेनर बाटामा नै रोकिएर छन् । काठमाडौं सटर भाडामा लगाएका घरधनीहरुले मसिक १५ देखि २० लाख भाडा उठाउने गरेका छन् । लकडाउनको भाडा छुट दिनु पर्यो भनेर सम्बन्धित निकायमा माग गरिरहे पनि नियामक निकायले नसुनेको कटुवालले बताए ।

के हुन व्यापरीको माग ?

लकडाउभरिको सटर भाडा छुट हुन पर्ने, १ वर्षसम्म कर तिर्ने समय थपिनु पर्ने, लकडाउनको समयमा बैंकमा भएको ऋिणको व्याज मिनाहा र निजी क्षेत्रको समन्वय समति गठन हुनुपर्ने व्यापारीहरुको माग रहेका कटुवालले बताए ।

खिचापोखरी न्युरोड व्यापार संघका अध्यक्ष गणेशकुमार न्यौपानेले पनि व्यापारी समस्यामा परेको कारणले नै पसल खोलेको बताए । न्यूरोडमा बिहान प्रहरीले पसल बन्द गराए पनि संघको तर्फबाट पसल खोल्ने नै निर्णय भएको उनले बताए । तर, पसल खोले पनि सावर्जनिक सवारी साधन सञ्चालन व्यापार नभएको न्यौपानेले बताए ।

नेपाल प्रहरीका प्रवक्ता निरजबहादु शाहीले गृहमन्त्रालयको निर्देन अनुसार नै पसल बन्द गराएको बताए । गृहमन्त्रालयले पसल खोल्ने त्यस्तो कुनै निर्देशन दिएको छैन । आज मात्रै देशभरि गरेर करिब २ हजारलाई नियन्त्रमा लिई सम्झाइबुझाई गरी छोडेको शाहीले बताए ।

सरकारको निर्णयअनुसार अति आश्यक बस्तु उत्पादन, बिक्री वितरण गर्ने र ४४ प्रकारका उद्योग बाहेक अन्य उद्योग तथा व्यापार बन्द नै गर्ने निर्णय गरेको थियो ।

सरकारले लकडाउन गरेर मात्रै गरेरको र सर्वधारण भोकभोकै मर्ने अवस्था आएको भनेर सबैतिर बिरोध पनि भहिरहेको छ । सकारले मन्त्रीपरिषद्को बैंठकबाट लकडाउन खुकुलो बनाउदै लैजाने भने पनि प्रहरीले पसल बन्द गराउन आजबाट सुरु गरेका छन् ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal