eNepal

आज लकडाउनको मोडालिटी बारे मन्त्रीपरिषदले टुङ्गो लगाउने ,त्यो भन्दा अगाडि प्रधानमन्त्रीले रास्ट्रको नाममा सम्बोधन

जेठ २८ बुधबार – लकडाउनको नयाँ स्वरूप (मोडालिटी) बारे निर्णय गर्न आज (बुधबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

एक मन्त्रीका अनुसार आजको बैठकले लकडाउनको नयाँ मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्नेछ। बैठक दिउँसो २ बजे बस्नेछ।

त्यसअघि आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गत चैत ११ गतेदेखि लकडाउन लागू गरेकाे सरकारले पछिल्लोपटक थपेकाे अवधि यही जेठ ३२ गते सकिँदै छ।

लकडाउन लम्बिँदै गएपछि व्यवसायी तथा सर्वसाधारणले उल्लंघन गर्ने क्रम बढिरहेको छ। काठमाडौं उपत्यकामा पसल खोल्ने विषयमा दैनिकजसो व्यापारी र प्रहरीबीच विवाद हुने गरेको छ।

आजको मन्त्रिपरिषद् बैठकले अब लकडाउन कस्ताे बनाउने, कहिलेसम्म लम्ब्याउने भन्ने विषयमा समेत निर्णय गर्ने ती मन्त्रीले जानकारी दिएका छन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349