एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी विंगर एन्जल डि मारियाले आफुले क्याटलान क्लब बार्सिलोनाकोप्रस्ताव अस्वीकार गरेको खुलासा गरेका छन् ।
स्पेनिस क्लब रियल म्याड्रिड तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पुर्व विंगर डि मारियाले अन्तिम समयमा बार्सिलोनाको प्रस्तावअस्वीकार गरेको खुलासा गरेको हो । बार्सिलोनाले २०१७ मा ब्राजिली स्टार नेयमारलाई विश्व कीर्तिमानी १९८ मिलियन पाउन्डमाबेचेको सिजनमै डि मारियालाई क्लबमा अनुबन्ध गर्ने प्रस्ताव गरेको थियो ।
एक अन्तर्वार्तामा डि मारियाले आफुले बार्सिलोना नगई पीएसजीमा बस्ने निर्णय गरेकोमा आफु निकै खुसी रहेको बताएका छन् ।‘जतिबेला नेयमार पीएसजीमा आए । बार्सिलोनाले मलाई अनुबन्ध गर्न चाहेको थियो । दुई क्लबबीच औपचारिक छलफलसमेत भएकोथियो । तर, म सहमत भइँन,’ डि मारियाले भने, ‘प्रस्ताव आएपछि सुरुमा जाने मनासय बनाइसकेको थिए । तर, पछि सहकर्मीकोसल्लाहपछि नजान सुझाव दिए । मैले क्लबलाई त्यही भनें । बार्सिलोना नजाने निर्णय गरेकोमा धेरै खुशी छु ।’
उनले बार्सिलोना जाने निर्णय गरेको भए ठुलो भुल हुन सक्ने पनि बताएका छन् । यस्तै डि मारियाले आफु पीएसजीमै खुसी रहेको रआफ्नो खेल करियर पनि युरोपबाटै अन्त्य गर्ने चाहना रहेको बताएका छन् । ३२ वर्षीय डि मारियाले २०१० देखि २०१४ सम्म रियलम्याड्रिडबाट बार्सिलोनाविरुद्ध खेलेका थिए । डि मारियाले रियलका लागि १९४ खेलमा ३६ गोल गरेका छन् ।
एक सिजन २०१४–२०१५ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका लागि खेलेका डि मारिया २०१५ मा पीएसजी पुगेका थिए । डिमारियाले पीएसजीका लागि २१७ खेल खेल्दा ८१ गोल गरिसकेका छन् । पीएसजीमा उनी पाँचौ सिजन बिताइरहेका डि मारिया अझैपनिटोलीका मुख्य खेलाडीको रुपमा रहेका छन् । डि मारियाले पीएसजीबाट ४ फ्रेन्च लिग वान, समान तीन कोपा डि फ्रान्स, कोपा डि लालिग र ट्रफी डि च्याम्पियन्स जितेका छन् ।