रियल र रिल दुबैमा जमेको जोडी प्रकृती श्रेस्ठ र सुदीप न्यौपानेको नयाँ म्युजीक भिडोयो जुनी भरीलाई -२ सार्वजनिक भएको छ।जुनी भरीलाई-१ को अपार सफलता पछि पुन: जुनी भरीलाई-२ सन्जीत श्रेष्ठको स्वर, शव्द र सङ्गीतमा नेपाली साङ्गीतीक बजारमा आएको हो। कर्ण प्रिय स्वरमा मायाँका भावनालाई कोर्दै मायाँलुहरुमा समर्पीत यो गीत जुनी भरीलाई-२ लाई रुपर्ट गुरुङले निर्देशन गरेका हुन्।
दर्शकहरुले औधीनै रुचाईएको जुनी भरीलाई-१ले नेपाली टिभी च्यानलका साङ्गीतिक कार्यक्रमहरुको टपटेनमा धेरै समय पहिलो स्थान ओगट्न सफल रहेको थियो।
हाल अस्ट्रेलीया बस्दै आएका यी जोडीले जुनी भरीलाई-१ मा दर्शकले देखाउनु भएको मायाँलाई निरन्तरता दिन जुनी भरीलाई-२ मा काम गरेको यस गीतकी मोडेल प्रकृती श्रेस्ठले बताउनु भएको छ। यो मायाँ र सद्भाव दोस्रो गीतमापनि दर्शकहरुले गर्ने अपेक्षा राख्नु भएको छ!
अस्ट्रेलीयाको बिभीन्न ठाउँमा छायाँङकन गरिएको यो म्युजीक भिडोयोको छायाङकन रवी केसी ढुङ्गानाले गरेका हुन्। बास्तबिक जिन्दगीमा नि रोमान्टीक यो जोडीको अर्को रोमान्टीक भिडोयो तपाईहरुलाई। भिडीयो हेर्न तल क्लीक गर्नु होला।
https://m.youtube.com/watch?feature=share&v=bLiUpAIZ1yQ#