जेठ २७ काठमाडौं । काठमाडौंको चाबहिल बौद्ध स्थित रहेको भाटभटेनी सुपरमार्केट बन्द भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलन नदिन अन्य साना पसलहरू बन्द भए पनि भाटभटेनी भने खुलै थियो ।
स्थानीय तथा अरु ब्यापारीको बिरोध भएपछि काठमाडौं महानगरपालिका वडा नम्बर-७ का वडाध्यक्ष पहल र प्रशासन ले भाटभटेनी बन्द गराएका हुन । सुरुमा अटेरी गरेपनि चलाएको भाटभटेनी मगलबार आज भने भाटभटेनी बन्द भएको प्रशासन जानकारी दिएको छ ।
साना पसलहरू सबै बन्द भए पनि राजनीतिक पहुँचका आधारमा भाटभटेनीले दिनभर खुला गर्ने गरेको थियो ।
सुरक्षाका लागि बाहिर दुरी कायम गर्न भनिए पनि भित्र पसेपछि भने ठूलो भिड लाग्ने गरेको थियो । भित्र दुरी कायम गर्ने अवस्था नहुने भएकाले संक्रमण फैलने उच्च जोखिममा रहेको भन्दै स्थानीय प्रशासनले भाटभटेनी बन्द गराउनुपर्ने बताउँदै आएका थिए ।
बौद्धको बन्द भए पनि नक्साल, कोटेश्वर लगायतका ठाउँहरूमा भने भाटभटेनी दैनिक खुला हुने गरेका छन् । संक्रमणबाट फैलन नदिन भन्दै बाहिर लाइन लगाएर दुरी कायम गर्न भनिए पनि भित्र पसिसकेपछि भाटभटेनीले कुनै सतर्कता नअपनाएको वडाध्यक्षहरूले बताएका छन् ।
सामान्य नागरिकले किनमेल गर्ने पसलहरू बन्द गराएर ठूलो सुपरमार्केटमात्रै खोल्न दिइएको भन्दै सर्वसाधारणहरूले नै सामाजिक सञ्जालमा विरोध गर्ने गरेका थिए ।