eNepal

आज लकडाउनको ७८औ दिन, आज काठमाडौमा अत्यावश्यक काममा हिड्नेलाई पनि आवतजावत गर्न कठिन,नागरिक अन्यौलमा

जेठ २७ काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी)को आज ७८ औं दिन हो । आज सरकारले जेठ २१ बाट जारी गरेको आठौं चरणको लकडाउनको सातौं दिन हो । सरकारले जेठ २० सम्मका लागि सातौ चरणको लकडाउन लागू गरेकोमा गत शनिबारमात्र जेठ ३२ सम्म थप १२ दिन लकडाउन लम्ब्याउने घोषणा गरेको थियो । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो । यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो । यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले छैटौंपटक जेठ ५ मध्यरातसम्मका लागि लकडाउनको अवधि थप गरेको थियो । सरकारले अहिले आठौं चरणमा जेठ ३२ सम्म लकडाउन गर्ने घोषणा गर्दै अन्तरराष्ट्रिय सीमानाका र विमानस्थल आगामी असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ । बन्दाबन्दी अवधिमा यसको ढाँचाबारे कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले थप निर्णय गर्ने बताइएको छ । सोअनुसार आज मन्त्रिपरिषद बैठक बसेर समितिको सिफारिस बमोजिम लकडाउनको नयाँ मोडालिटी टुंगो लाग्न सक्ने बताइएको छ । तर, मन्त्रिपरिद बैठक कतिखेर बस्ने भनेर अहिलेसम्म निश्चित नभएकोले आज पनि नयाँ मोडालिटी टुंगो लाग्ने पक्का भने छैन् । सरकारलाई विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिदैं कोरोना संक्रमणकाबीच कसरी अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्ने विषयमा सुझाव दिइसकेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रका विज्ञहरुसँग पहिलो पटक छलफल गरेका थिए । । सरकारले २१ गतेदेखि लकडाउनको नयाँ चरण जारी रहने घोषणा गर्दा लकडाउनको नयाँ मोडालिटीबारे स्पष्ट नपार्दा थप अन्यौलता बढेको छ । विभिन्न सञ्चारमाध्यममा प्रेषित फरक–फरक समाचारका कारण पनि जनतामा उकुसमुकुस पैदा भएको छ । सरकारले उच्चस्तरीय समितिको सिफारिसका आधारमा लकडाउनको नयाँ मोडालिटी टुंगो लगाउने भनिएपनि समिति नै शनिबारसम्म लकडाउन कुन मोडालिटीमा अघि बढाउने भन्नेमा अन्यौलमा रहेको बुझिएको छ । शनिबार बसेको समितिको बैठकमा पनि नयाँ मोडालिटीको प्रस्तावित मस्यौदामा छलफल भएपनि मन्त्रीपरिषदलाई सिफारिस गर्ने टुंगो लाग्न नसकेको बताइएको छ । यसले सरकार नै नयाँ मोडालिटी तय गर्न सकसमा रहेको बुझ्न सकिन्छ । सरकारले लकडाउनको मोडालिटी तय गर्ने भनेसँगै लकडाउन खुकुलो होला कि भन्ने धेरैको आशा रहेको छ । छिमेकी भारतले लकडाउन कायम राखेपनि धेरै क्षेत्र र व्यवसायमा लकडाउन खुकुलो बनाएको छ र जनजीवन सहज बनाउने प्रयास गरेको छ । यस्तोमा नेपालले संक्रमणको गति तीब्र भएका बेला अब कसरी लकडाउन ह्याण्डल गर्छ चन्नेमा धेरैको चासो रहेको छ । लामो लकडाउनका कारण अफ्ठ्यारोमा परेका व्यवसायीहरुले कोरोना संक्रमणको त्रासबीच सरकारको लकडाउन लम्बयाउने निर्णयको अवज्ञा गर्न थालेका छन् । गत मंगलबारदेखि जनता स्वस्फूर्त रुपमा व्यवसाय सञ्चालन गर्न निस्केका छन् । व्यवसायीले आफ्नो व्यवसाय खोलेर सरकारी निर्णयको अवज्ञा गर्दै व्यवसाय बन्द गर्न खटिएका प्रहरीविरुद्ध व्यवसायी तथा सर्वसाधारणले समेत प्रतिकार गर्न थालेका छन् । यस्तै देशका विभिन्न स्थानमा व्यवसायीहरुले बजार खोल्न थालेका छन् । बुधबारदेखि काठमाडौंका विभिन्न स्थानमा व्यवसायीले लकडाउन अवज्ञा गर्दै बजार खोलेका थिए । सरकारले लकडाउनको मोडालिटी तय नगरेको भन्दै आक्रोशित भएका व्यवसायीहरुले बिहीबार व्यापक रुपमा व्यवसाय सञ्चालन गरेका थिए । उच्चस्तरीय समन्वय समितिले विभिन्न क्षेत्रका सरोकारवालसँग छलफल जारी राखेको छ । तर, जनता भने सरकारी निर्णय नकुर्ने मुडमा पुगिसकेका छन् । ‘भोकले मर्नुभन्दा रोगले मर्नु ठीक’ भन्दै धेरै साना व्यवसायीले सरकारी निर्णय अवज्ञा गर्दै व्यवसाय सञ्चालन गर्न थालेका छन् । कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा १४ जनाको मृत्युसमेत भएपछि सरकार थप सतर्क बनेको छ । लकडाउनको बखत अत्यावश्यक सेवाबाहेकमा पास आवश्यक पर्ने व्यवस्था गरिएको छ । यस्तै सरकारले अत्यावश्यक सेवा भने सञ्चालन गर्न दिइने गरि कृषि, खाद्यान्न ढुवानी, निर्माण सेवा सञ्चालन गर्न दिइने पुरानै मोडालिटीमा लकडाउन गरिरहेको छ । ७८ औं दिनसम्म आइपुग्दा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा लकडाउन कार्यान्वयनमा साथ दिएको देखिन्छ । करीब ११ हप्ताभन्दा बढी समययता घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ । यसैक्रममा जारी लकडाउन थप गर्ने सरकारको निर्णयसँगै सर्वसाधारण लकडाउन कहिलेसम्म चल्ने हो भन्ने चिन्तामा देखिएका छन् । सरकारले उद्योगधन्दा सञ्चालन गर्नका लागि लकडाउन खुकुलो बनाउन लागिएको बताएपनि उद्योगी व्यवसायी मजदूर, कच्चापदार्थ तथा बजारका कारण दबाबमा रहेका छन् । तर, अहिलेसम्म सरकारले लकडाउन कहिलेसम्म यहि मोडालिटीमा चलिरहने हो र आगामी दिनमा कसरी अगाडि बढने योजना छ भन्ने जानकारी नगराएकाले पनि सबैमा लकडाउनबबारे अन्यौलता देखिएको छ । यस्तै धेरै संक्रमित थपिएसँगै थप त्रास र चिन्ता बढेको छ । अर्कोतर्फ संक्रमितको संख्या बढेर ४ हजार नजिक पुगेको छ । पछिल्लो दिनमा संक्रमितको बढ्दो तीब्रताले आगामी जेठ ३२ पछि पनि लकडाउन खुल्ने आशा कमै रहेको जानकार बताउँछन् । जेठ २० पछि लकडाउन खुल्ने धेरैको अपेक्षा रहेपनि सरकारले संक्रमितको व्यवस्थापन र बिदेशबाट भित्रिएका नेपालीका लागि नै उपयुक्त व्यवस्था गर्न नसकेको अवस्थामा लकडाउन खोल्दा थप भयावह अवस्था आउने आँकलनसमेत गरेर सरकारले लकडाउन जारी राखेको सम्बन्धितहरुको भनाई छ । देशमा कोरोना भाइरसको संक्रमण निकै बढ्न थालेपनि लकडाउनले जनताको दैनिक जीवन नै संकटतर्फ उन्मुख भएको छ । कतिपय सर्वसाधारण दैनिक गुजाराको चिन्ताले छटपटिएका छन् । यस्तोमा लकडाउनमात्र सरकारले विकल्पका रुपमा लिएकोमा धेरैले आलोचना पनि गरिरहेका छन् । पछिल्लो समय आर्थिक विश्लेषकहरुले देशको अर्थतन्त्र बचाउन पनि लकडाउन खुकुलो बनाउँदै खोल्नुपर्ने बताए पनि स्वास्थ्य विज्ञहरुले भने लकडाउन हटाए थप भयावह अवस्था आउन सक्ने सुझाव दिइरहेका छन् । अर्कोतर्फ लकडाउनका कारण मुलुकका मुख्य शहर सुनसान छन् । बन्दाबन्दीका कारण बन्द रहेको आर्थिक गतिविधि सुचारु गर्ने भनिए पनि अहिलेसम्म उपयुक्त ढंगले सञ्चालनमा भने आउन सकेको छैन् । लामो लकडाउनका कारण सर्वसाधारणदेखि सबै वर्ग क्रमश समस्यामा पर्दै गएका छन् । सर्वसाधारणलाई दैनिक गुजाराको चिन्ता छ भने व्यवसायी, उद्योगी तथा अन्य क्षेत्रमा समेत बैंक ऋण, कर्मचारीको तलबजस्ता समस्या बढ्दै गएका छन् । यता सर्वसाधारण तथा व्यवसायीले सरकारले लकडाउनको उचित विकल्प नखोजेको, उपयुक्त राहत प्याकेज नल्याएको र आफ्नै पारामा अघि बढेको बताउँदै आएका छन् । यता लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । अति आवश्यक काम बाहेक सवारी साधन नचलाउन ट्राफिक महाशाखाले आग्रह गरेको छ । ट्राफिक प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ । पछिल्लो समय लकडाउन अवज्ञा गर्नेहरु बढ्दैंै जाँदा प्रहरीलाई सकस परेको छ । यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal