टोकियो । जापानी अर्थतन्त्रमा चार महिनायता पहिलो पटक सुधारको संकेत देखिएको छ ।
कोरोना भाइरसको महामारीका कारण लगाइएको आपतकाल हटाएर आर्थिक तथा सामाजिक गतिविधिहरु विस्तारै सुचारु हुन थालेसँगैअर्थतन्त्रमा सुधार आएको छ ।
इकोनोमी वाचर्स सर्वेक्षण अनुसार मेमा कामदारहरुको मनोबल सूचकांक १५ दशमलव ५ अंक रहेको छ । अप्रिलमा सूचक ७ दशमलव९ अंक रहेको थियो ।
सर्वेक्षण ट्याक्सी चालक, शप क्लर्क लगायत २ हजार भन्दा बढी कामदार माझ गरिएको थियो । खुद्रा र रेस्टुरेन्ट क्षेत्रका कामदारकोमनोबलमा विशेष सुधार आएको सर्वेक्षणले देखाएको छ ।
यसैबीच सोमबार जापानमा १८ नयाँ संक्रमित फेला परेको अधिकारीहरुले बताएका छन् । योसँगै देशभर संक्रमितको संख्या १७ हजार२२० पुगेको छ । मर्नेको संख्या भने ९१९ रहेको छ ।