गत साता एकाएक समातार आयो एक जना भारतीयको पिआरको कारणले आत्महत्या। सम्भवतः सबै नेपालीहरुलाई स्तव्ध र मर्माहत बनायो यो समाचारले र मपनि अछुतो रहन सकिन। आत्महत्याको कारण जे होस, पिअार होस या अरुनै व्यक्तिगत कारण होस तर समाचारमा भनिएको थियो पिआर नपाएर आत्माहत्या। पिआर या ग्रीन कार्ड जेसुकै होस्।के जिन्दगीको अन्त्य हो पिआर र ग्रीनकार्ड।
सबै बिदेश आउनेको सपना हुन्छ जिन्दगीमा पैसा कमाउँ, घर बनाउ, मन परेको गाडीमा सैर गरौ, आफुले चाहेको ठाउँमा घुम्न जाउँ आदि ईत्यादी।यी कुराहरुको परिपुर्ती गर्न जब आफ्नो गक्षले नभ्याउला जस्तो हुन्छ अनि अरुको देखासिकीमा परेर मान्छेभित्र लोभ लालसाको बिउले जन्म लिन्छ अनि बिदेश जाने भुत चड्छ। आफ्ना साथीहरुको कुरा, लवाई खवाई, ढाँचा, बोलीचाली देखेर सोच्न बाध्य हुन्छ कि बिदेश भनेको मोजमस्ती र जिन्दगीलाई रमाईलो बनाउने ठाउँ हो।
प्राय सबैको एउटै लक्ष हुन्छ पढाई सकेर पिआर हात पार्ने। अनि सोच्छन् कि पिआर पाए पछि दुखका जिन्दगीहरुको समाप्त हुन्छ्न।
प्रस्न उठ्छ के जिन्दगीको अन्त्य हो पिआर?के पिआरले तपाईलाई निशुल्क खान दिन्छ, के तपाईलाई पिआरले काम गर्नबाट बन्चीत गरेको छ।के तपाईले पिआर पाएर कतिको मोज गर्नु भएको छ, कतिको सुखशैलमा आफ्ना जिन्दगीलाई चलाउनु भएको छ।कतिको तनाब मुक्त हुनु भएको छ पिआर पाएर। यी प्रस्नहरु कसैलाई गएर सोध्नु भयो भने के जवाफ आउँछ।जो सुकैलाई सोध्नुस उ पक्कै पनि खुसी नहुन सक्छ। यदि खुसी छु भन्छ भने तपाईसँग जिव्रो चबाएर कुरा गर्दैछ।
पक्कै पनि पिआर पाएर आफुले गर्ने काममा दसमा नौकम हुँदैन। बोरु हरेक दिन तनाबहरु बढ्दै जान्छ। मान्छे हो उ भित्र असिमीत ईच्छ्या र आकाङ्क्षाहरुले डेरा जमाएर बसेको हुन्छ।हरेक बाधा अड्चनहरुलाई पन्साउँदै जाँदा उ भित्रका ईच्छ्याहरु पनि बढ्दै जान्छ। बिशेष गरेर देखासिकीमा फसेका हामीलाई भित्र जस्तो भएपनि बाहिर रवाफ देखाउनु पर्छ। हामीलाई सस्तो पुरानो गाडीले हुँदैन, नयाँ र महँङ्गो गाडी किन्नु पर्छ किनकी देखाउनु छ समाजलाई, अन्यथा ईज्जत जाने डर हुन्छ।बरु फाईन्यान्ससँग महङ्गो व्याजनै तिर्न किन नपरोस। त्यस्तै घरपनि किन्न छ जसरि भए पनि। बरु ३० बर्ष सम्म तिर्ने आँट गर्छौ तर आफ्नो उमेरको हिसाब गर्दैनौ किनकि घर किनेर देखाउनु छ। फेरी यो भनि राख्दा घर न किन्ने भन्ने खोजेको चाँहि हैन। मात्र पिआरले कति सम्म सुख दिन्छ।यस्को उदाहरण मात्र दिन खोजेको हो।
“तपाईको हातमा पिआर छ तर मनमा कहिलै सुख छैन भने त्यो पिआरले गर्ने के। तपाईले भनेको बेला काँही जान पाउनु हुन्न भने त्यो पिआरले गर्ने के। तपाई घर परिवारलाई समय दिन सक्नु हुन्न भने त्यो पिआरले गर्ने के।तपाईको कामको कुनै भर हुन्न र तपाईलाई घरको मोर्गेजले हरबखत तर्साई रहन्छ भने त्यो पिआरले गर्ने के।”
तपाईको हातमा पिआर छ तर मनमा कहिलै सुख छैन भने त्यो पिआरले गर्ने के। तपाईले भनेको बेला काँही जान पाउनु हुन्न भने त्यो पिआरले गर्ने के। तपाई घर परिवारलाई समय दिन सक्नु हुन्न भने त्यो पिआरले गर्ने के।तपाईको कामको कुनै भर हुन्न र तपाईलाई घरको मोर्गेजले हरबखत तर्साई रहन्छ भने त्यो पिआरले गर्ने के।घरमा भएका बुढा आमा बालाई भनेको बेला स्याहार सम्हार र औषधी मुलो गर्न सक्नु हुन्न भने त्यो पिआरले गर्ने के। नली खुट्टाको हड्डी घोटीन्जेल काममा जोतीएर जिव्दगीका महत्पुर्ण काल खण्ड काम र एकछाक खानामा बित्छ भने त्यो पिआरले गर्ने के। भनेको बेला पेटभरि टन्न खान पाईन्न भने त्यो पिआरले गर्ने के।मिठो निन्द्रा पाईन्न भने त्यो पिआरले गर्ने के।
आज कैयौ साथीहरु पिआरको लोभमा हजारौ हजार डलर बगाएर दिनरात नभनी काम गरिरहेका छन्। आज त्यही पिआरको लागि आफु भन्दा धेरै उमेर पुगेका बिदेशीहरुसँग बिवाहको नाटक गरि रहेका छन्। आज कैयौ यवाहरु सुन्दर भविस्य बनाउने आशमा लागु पदार्थको दुर्व्यसनीमा फसीरहेका छन्।गएर सोध्नुहोस के उनीहरु पिआर पाएर खुसी छन् त!
आज अनाहकमा कन्सल्टेन्सीको झुटो सपनामा कैयौं युवाहरु पिआरको माखे साङ्लोमा फसि रहेका छन् जसबाट निस्कन हम्मे हम्मे परेको छ। कुनै पनि कन्सल्टेन्सीले आफ्नो स्वार्थको लागि कोही कसैको जिन्दगी माथि खेलबाड नगरोस्। हावादारी कुरा र मिठो सपनाको प्रलोभनमा पारेर कोही कसैको भविस्य नबिगारौं।फेरी पिआरको सुन्दर सपनामा अर्को अप्रीय घटना नसुनियोस्।
यति सुन्दर जिवन आनाहकमा पिआर र ग्रीनकार्डको पछि लागेर समाप्त गर्नु मुर्खता हो। भोली मर्यो भन्ने खबर सुन्नेले एकछिन कठै बिचरा भन्ला तर धेरैले नामर्द भन्लान। घर परिवारलाई कति पिडा हुन्छ। मर्ने त मरेर जान्छन् तर बाँच्ने आफ्ना परिवारलाई कति चोट हुन्छ।
जिन्दगीलाई राम्ररी नजिकबाट नियालेर हेर्यो भने हरेक पल कति रमाईलो लाग्छ।के यो अद्भुत जुनी अनाहकमा त्यसै क्षणीक मानसिक तनाबमा अन्त्य गर्नु राम्रो हो। पिआर नभए के भयो त। के तपाई जन्मेको देश छैन। के तपाईलाई यसको पिआर नभएर फर्केको भन्छन भनेर लाज लाग्छ।यहाँ कैयौ पिआर पाएकाहरु धमाधम नेपाल फर्की रहेका छन्। आज बिदेशको शिपलाई उपयोग गरेर मनग्य आय आर्जन गरिरहेका छन्। हामी समाचार सुन्छौ बिदेशको शिपलाई उपयोग गरेर तरकारी खेतीबाट मासिक १०-१५ लाख आम्दानी गरेको।त्यस्तै रियलस्टेटको ब्यापार गरेर मनग्य पैसा कमाएको कुरा। अनि किन हरेस खाने। पक्कै पनि गरे के हुन्न ।बिदेशमा बगाएको पसीना, मेहीनेत, शिपलाई नेपालमा उपयोग गरे त्यही बिदेश छ।त्यसैले कोही कसैलेपनि पिआरको कारणबाट मर्न नपरोस, आत्महत्या गर्न नपरोस। जे छ त्यसमानै चित्र बुझाउन सक्नु पर्छ। यहि जिन्दगीको मुल धर्म हो।