अशोक बहादुर टंडन –
कोरोना भाइरस (कोभीड १९) का कारण बिश्वले संकट सामाना गरिरको छ ,आम जनजीवन प्रताडित भएको छ । बिश्व लकडाउन स्थितिमा पुगेको छ भने नेपाल मा पनि संक्रमित हरु फेला परेको अवस्था छ, जस्को साबधानी वा फैलावट रोकथाम गर्न नेपाल सरकारले पनि लकडाउन लगाउने पर्ने अवस्था सिर्जना भएको छ जस्का कारण अर्थतन्त्रका बहुआयामिक क्षेत्र निकृय जस्ता भएका छन भने बैकिङ्ग क्षेत्र असहजताको भुमरीमा रुमलिएको छ । बैकिङ्ग क्षेत्र आमनागरिकसँग प्रत्यक्ष सरोकार राख्ने सेबा भएकोले नेपालमा पनि बैंकिङ्ग क्षेत्रलाई पनि अत्यावश्यक क्षेत्र मानिएको छ । कठिन अवस्थाका बाबजुत पनि बैकिङ्ग सेबा दिनु सरोकारवाला निकायको दायित्व हुन आउछ । आमनागरिकले बिश्वास गरेर राखेको निक्षेप दायित्व माग बमोजिम आवश्यकिय रकम उपलब्ध गराउनु बैकिङ्ग क्षेत्रको दायित्व भित्र पर्न आउछ । अहिले को प्रतिस्पर्धा बजारमा आमनागरिक लाई सेबा(सुबिधा सहजीकरण गर्न बैंक तथा वित्तीय संंस्थाले बैकिङ्ग प्रबिधिहरुको प्रयोग ल्याएको पाइन्छ। प्रबिधि प्रयोग एकातिर चुनौती थपदिएको छ अर्कोतिर अबसर लाई सदुपयोग गर्न सके बरदान साबित भएको छ जसले गर्दा यस्तो संकटको अवस्थामा पनि घरमा बसि बसि बैकिङ्ग प्रबिधिको प्रयोगबाट सेबा लिन सजिलो भएको छ । बढ्दो बैकिङ्ग प्रबिधिको प्रयोग र बितिय साक्षरता कार्यक्रमले आम नागरिक प्रबिधिको प्रयोग गरि सेबा लिन लालायित भएका छन् ।जस्तो सुकै अबस्थामा पनि आम निक्षेप कर्ता निक्षेप बचत वा विथड्र गर्न आएको बखत भौतिक रुपमा स्वीकार गर्नु वा उपलब्धता गराउनु बैक को दायित्व हो तर भौतिक रुपमा नोट समाउदा वा ब्यक्तिगत भेटघाट ले गर्दा कोरोना भाइरस सर्ने डरले बैक तथा बितिय संस्थाका कर्मचारीमा मनोबैज्ञानिक असर पुगेको छ । सकेसम्म ल्याइएको प्रबिधि उच्चतम प्रयोग गर्न सके यस्ता जोमिख बाट आफू पनि बच्च सकिने न्युन मानव स्रोत साधनको प्रयोग गरि सेबा दिन सकिन्थ्यो ।
हालसम्म प्रयोग ल्याएको बैंकिङ प्रबिधि
नेपालको बैंकिङ क्षेत्र आठ दशक भन्दा लामो इतिहास भएको छ। यो ऐतिहासिक विकासक्रमलाई अवलोकन गर्दा औपचारिक बैंकिङ प्रणालीको शुरुवात पछि शुरुका दशकहरूमा बैंकिङ सेवाको आपूर्ति र मागको बीचमा निकै खाडल देखिएपनि पछिल्लो दशकमा बैंकिङ क्षेत्रको विकास, विस्तार एवम् प्रतिफलको अवस्था उल्लेखनिय रहेको छ। सुरुका दशकमा सूचना प्रविधि, दक्ष जनशक्ति, बजार आदिको अभावका कारण आधुनिक बैंकिङ प्रणालीको विकास हुन सकेको थिएन।वि।सं।२०४० सम्म सरकारी स्वामित्वका बैंकहरूको मात्र उपस्थितिले संकुचित दायरामा निक्षेप संकलन र कर्जा प्रवाह जस्ता परम्परागत बैंकिङ सेवामा सीमित रहेको बैंकिङ क्षेत्र पछिल्ला वर्षहरूमा मोबाइल बैंकिङ, इलेक्ट्रोनिक बैंकिङ, ब्रान्चलेस बैंकिङ, भिसा तथा मास्टर कार्ड, चौविसै घण्टा एटिएम सेवा प्रदान गर्दै नेपालको बैंकिङ क्षेत्र अन्तर्राष्ट्रिय सञ्जालसम्म जोडिन पुगेको छ।
एटिएम सेवाको कारण बैंकिङ व्यवसाय ३६५ दिन, २४ घन्टा सेबा उपलब्ध गराउने व्यवसाय भएको छ ।
विश्व बजार प्रविधि र विद्युतीय माध्यमले गर्दा एउटा घरमा सीमित हुन गएकोले यसको अधिकतम उपयोगबाट व्यापार, व्यवसाय, भुक्तानी, लगानी, उत्पादन, आय, कर, रोजगारीलगायत दैनिक कारोबार बढिरहेको छ। नेपालमा अहिले इ–कर्मस (इ–बैंकिङ, इ–गर्भनेन्स, इ–टिकट, इ–भूक्तानी, इ–व्यापार, इ–स्वस्थ्य, इ–शिक्षा, इ–कोटेशन, इ–चुनाव) मार्फत बैंकिङ सेवाको विकास, विस्तार र प्रर्वद्धन हुदै बैंकिङ क्षेत्रको आकार निकै बढेको छ। नेपाल सरकार को उदेश्य अनुरुप हरेक स्थानीय निकाय बैक बितिय संस्था पुगेको अबस्था छ।हरेक बैक ले सामाजिक उतर दायित्वका साथै गाउँ गाउँ बितिय साक्षरता कार्यक्रम लगेका छन।जस्ले बैक प्रती आम नागरिक को बिश्वास पैदा भएको छ ।अहिले कुल ३३१६ एटिएम रहेको, डेविट कार्ड ६७ लाख ८ हजार, क्रेडिट कार्ड एक लाख २३ हजार, प्रिपेड कार्ड ६७ हजार ४ सय प्रयोगमा आएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ। बैंक एक सेवा अनेकलाई सार्थक बनाउन, अपेक्षाकृत लाभ लिन, लागत घटाउन, बैंकिङ शिक्षा तथा साक्षरता अभिबृद्धि गर्न एटिएमहरूको प्रयोगलाई बढाउन ब्यबहारिक देखिन्छ।
एटिएमको सहयोगले तुरुन्तै चाहेको स्थानमा, चाहेको रकम, विना झण्झट जानकारी सहित पाउन सकिएपनि यसका आफ्नै समस्या तथा चुनौतिहरू छन् जस्तोः लोडसेडिङ्गको समयमा नचल्ने, कार्ड मेशिनमा अड्किने, चोरिने, प्रणाली तथा एटिएमको ह्याकिङ्ग हुने, सिष्टम तथा सफट्वेयर नचल्ने, सिमित समयावधिको कारण नियमित नविरण र सोको लागत आदि छन्। नेपालमा सुचना प्रविधिको राम्रो प्रयोग र पहुँच भएको एकमात्र क्षेत्र बैंकिङ क्षेत्र हो।
बैंकिङ क्षेत्र प्रतिष्पर्धी हुदै गएको सन्दर्भमा प्रविधिमा आधारीत सेवाहरूको प्रवाह बढ्दै गएको छ। केन्द्रीय बैंकले समेत भर्चुअल बैंकिङ कारोबारलाई बढाउन प्रर्वद्धन गरी बैंकिङ सेवालाई छिटो छरितो, हरेक स्थानमा बैंकिङ पहुँच,शेयर कारोबार देखि रेस्टुरा,पसल ,अस्पतालमा ,पेट्रोल पम्प नोट रहित कारोबार लाई फोन पे जस्ता प्रबिधिको प्रयोग ल्याएको छ ।नोटमा हुने फोहोरको समस्याबाट छुटकारा आदिको लागि नगदमा आधारीत कारोबारलाई घटाउदै जाने रणनीति लिएको छ जस्को लागि किलिरिङ्ग हाउस हरुलाइ लाइसेन्स दिएको छ ।जस्ले नगद लिएर हिड्नु पर्ने समस्या समाधान गरेको छ बैंकिङ क्षेत्रमा सञ्चालन प्रकृतिको जोखिमको प्रभाव, दबाब र असर धेरै भएको हुँदा यसअन्तर्गत पर्ने प्रविधि र जनशक्ति जोखिमसँग सम्बन्धीत तत्वहरूको नियमित अनुगमन, सुपरिवेक्षण र निगरानी आवश्यक छ।यसप्रकारको संचालन जोखिमको पहिचान गरे पश्चात केन्द्रीय बैंकले निर्देशन सहितको परिपत्र जारी गरेसँगै नेपाली बैंकले एक पटकमा एक हजार रुपैयाँ मात्र निकाल्न सकिने र एकदिनमा एक व्यक्तिले ६० हजार भन्दा बढि रकम निकाल्न नपाउने व्यवस्था गरेको छ। नेपालका बैंकहरूले एकै कार्डमा चिप र म्याग्नेटिक स्ट्राइप दुवै प्रविधिमा आधारीत एटिएम प्रयोगमा ल्याएका छन्।
संकट घडिमा बैंकिङ प्रबिधि प्रयोग र सहजता
कोरोना भाइरस कारण आक्रान्त जनजीवन लाई सहजीकरण गर्न बैंकिङ प्रबिधि ले धेरै ठूलो सहयोग पुर्याएको छ ।रास्ट्रबैक ले परिपत्र जारी गर्दै यस्तो कठिन खडिमा पनि आम नागरिक सङ्ग प्रत्यक्ष सरोकार राख्ने सेबा भएको हुँदा २४ घण्टा सेबा उपलब्ध गराउनु पर्ने परिपत्र जारी गरिएको छ । सकेसम्म एटिएम नभएको सस्था को ब्राच खोल्न निर्देशन दिएको छ । साबिक भन्दा बैकिङ् प्रबिधि बाट दिने सेबा लाई जोड गरेको फलस्वरूप मोबाइल बैकिङ्ग बाट दैनिक १ लाख प्रतिमहिना १० लाख बराबर कारोबार गर्न मिल्ने र मोबाइल वालेट अन्तरर्गत एक वालेट बाट अर्को वालेट मा रकम सिमा टान्फर बढाएर दैनिक ५० हजार प्रती महिना ५० लाख सिमा बढाएको छ । एटिएम कारोबार सहजीकरण साथ सन्चालन गर्न आबस्यकिय रकम उपलब्ध गराउन, बितियउपकरण प्रबिधि उच्चतम प्रयोग गर्न सुल्झाएको छ ।बैक तथा बितिय सस्था पनि प्रबिधिको उच्च प्रयोग बाट सेवा उपलब्ध गराउनु लागि परेका छन कुनै बैक को एक एटिएम बाट अर्को एटिएम पैसा निकाल्दा लाग्ने शुल्क नलिने घोषण गरेको हुदा जुनै सुकै एटिम बाट पैसा निकाल्न सहज भएको छ ।बस्तु किन्दा ,मोबाइल बिल,वैद्युतिय,टेलिफोन ,टेलिभिजन बिल आदि प्रयोग गर्दा लाग्ने शुल्क नलिने साथै केही बैक हरुले सामान किन्दा लाग्ने रकम छुट दिने घोषणा गरेका छन। सामाजिक उत्तरदायित्व अन्तरर्गत यस संकट घडिमा आम सेबाग्राहिलाइ ध्यान राखी सकेसम्म सजह तरिका बाट बितिय सेबा उपलब्ध गराउदै आएका छन ।यस्तो कठिन घडिमा पनि उपलब्ध स्रोतसाधन परिचालन गरि निभिर्कता पुर्बक सेबासुबिधा उपलब्ध गराउने बैक तथा बितिय सस्थाको कामलाई पोत्साहन गर्नै पर्छ ।