eNepal

बिभीन्न नाकाबाट चार हजार ३४१ नेपाली भित्रिए, ७०६ भारतीय बाहिरिए

कामका लागि भारतका विभिन्न शहर गएका र लामो समय भारतमा बन्दाबन्दीमा परेका नेपालीलाई खान बस्नको समस्या भएपछि जेठ २ यता दैनिक नेपाल भित्रिने क्रममा सोमबार पनि हजारौँको सङ्ख्यामा नेपाल भित्रिएका छन् । सोमबार सुदूपश्चिमका दुई मुख्य नाकाबाट चार हजार बढी नेपाली नागरिक नेपाल भित्रिएका हुन् । कञ्चनपुरको गड्डा चौकी र कैलालीको गौरीफन्टा नाकाबाट चार हजार २४१ जना नेपाली नागरिक नेपाल भित्रिएका छन् भने उक्त नाकाबाट ७०६ भारतीय नागरिकसमेत भारत बाहिरिएका छन् । 

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब निरीक्षक अमर थापाका अनुसार सोमबार गड्डाचौकी नाकाबाट ५७३ नेपाली नागरिक भित्रिएका छन् भने १२७ जना भारतीय नागरिक बाहिरिएका छन् । उक्त नाकाबाट प्रवेश गर्नेको सङ्ख्या घट्दैगएको छ । त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट भित्रिनेको सङ्ख्या शनिबारको तुलनामा थोरै मात्र घटेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार उक्त नाकाबाट सोमबार तीन हजार ७६८ नेपाली नागरिक भित्रिएका छन् भने ५७९ भारतीय नागरिक बाहिरिएका छन् । 

योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गतेयता करिब एक लाखको हाराहारीमा नेपाली नेपाल भित्रिएका छन् भने बाहिरिनेको सङ्ख्या करिब १३ हजार पुगेको छ ।

नेपाल भित्रिएकाहरू विभिन्न जिल्लाका स्थानीय तहका क्वारेन्टाइनमा बसेका छन् भने केही परीक्षण पछि घर गएका छन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशानलयका अनुसार आइतबार साँझसम्म भारतबाट आई सुदूरपश्चिमका नौ जिल्लाका विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ६४ हजार १०५ पुगेको छ । जसमा महिला नौ हजार ६५२ जना छन् भने पुरुष ५४ हजार ४५३ जना रहेका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349