प्रा.डा.गोबिन्द केसीलाई समर्थन गर्न अनि भ्रस्ट मेडिकल माफियाहरुको विरोध तथा पर्दाफास गरि आफू र आफ्नो परिवारको गुणस्तरीय स्वास्थ्य सुनिस्चित गर्नको निम्ति देशमा सुशासनको प्रत्याभूति दिलाउन तथा बर्षौ देखि खुलेआम भ्रष्टाचार गर्दै नेपाली जनताको स्वास्थ्य तथा आर्थिक स्थिति माथी धावा बोल्ने भ्रष्टाचारीहरु विरुद्ध आवाज उठाउन जन प्रतिनिधिलाई कुर्चिको खेलमा खुट्टा तानातनको घटिया राजनीति मात्र तिम्रो काम कर्तव्य तथा जिम्मेवारी होइन भनी आफ्नो शक्तिको सही प्रयोग गरेर कानुनी राज्यको आभास दिलाउ भनी खबरदारी गर्नु जरुरी छ।
पटक पटकको अनसन, वार्ता र वार्ताटोलीसंगको सहमतिको नाटक गरेर नेतृत्व वर्गले भुलाउने र झुल्याउने तर कार्यन्वयन नगर्ने गर्दै आएको छ। पुन यस पटक पनि सरकारले ११औं दिनमा आएर बल्ल सरकारी सचिवहरूको नेतृत्वमा वार्ताटोली बनाएको छ तर सचिबहरुको वार्ताटोलीले कुनै परिणाममुखी निर्णय हुन सक्दैन यसको निम्ति राजनितिक नेतृत्वले नै वार्ता सहमती र कार्यन्यवन गर्नुपर्छ। किनकि केसीले उठाएका मागको समाधान नखोजी अब यो अनसनले निकास पाउदैन।
१)अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोगको माग
२) मनमोहनका नाममा काठमाडौंमा खोलिएको नाफामूलक निजी अस्पताल।
मनमोहन अस्पतालको नाम सिधा एमाले पार्टीसँग जोडिएको छ। आफ्नो जीवनभर गरिबको जनताको निम्ति लडेका सादगी कम्युनिस्ट नेता मनमोहन अधिकारीका नाममा उनको अनुमतिबिना नाफाको उद्देश्यले निजी अस्पताल खोल्नु गलत तथा अनैतिक काम थियो। मनमोहन अस्पतालमा एमाले नेता कार्यकर्ताको ठूलै स्वार्थका कारण डा. गोबिन्द केसीले उठाएको चिकित्सा क्षेत्र सुधारको अभियान अनेक बहानामा सधैं रोकिँदै आएको छ।
सरकारले मनमोहन अस्पताललाई मेडिकल कलेज खोल्ने आसयपत्र दिनासाथ एमाले नेता कार्यकर्ताले ठूलो लगानी गरे। बैंकको ऋणपनि धेरै होला मेडिकल कलेज चलाउन नपाउदा अस्पताल डुब्ला भनेर गरिब जनता भन्दा ती लगानिकर्ताको पक्षमा उभिएर नेतृत्व वर्गले आफ्नो र पार्टिको छवि बिगार्दैछ। फेरि बिद्यार्थी संग मोटो रकम असुली गर्दागर्दै पनि यो अस्पताल डाक्टर, कर्मचारीलाई तलब खुवाउन नसकेर टाट पल्टिन लागेको छ भनेर ब्यबस्थापन पक्ष भन्दैछ। तर मनमोहन अस्पताल टाट पल्टिने अवस्थामा यस कारण छ कि यो अस्पताल चलेकै छैन। यसले बिरामीको विश्वास र भरोसा कमाउनै सकेन त्यही भएर यो अस्पतालमा पर्याप्त बिरामी नै छैनन्।
मेडिकल कलेज चलाउन नपाउँदैमा राम्रा निजी अस्पताल टाट पल्टँदैन किनकि काठमाडौंमा नाम चलेको र दामपनि कमाएको अन्य थुप्रै त्यस्ता सानो ठूलो निजी अस्पताल छन्, जसले मेडिकल कलेजको नाममा विद्यार्थी संग मोटो रकम असुल्न पाउँदैनन्। तैपनि ती अस्पताल चलिरहेका छन्, धेरै थोरै नाफा मै छन।
सादगी कम्युनिस्ट नेता मनमोहनको साख जोगाउन एमाले पार्टीले डा. गोविन्द केसीले देखाएको मार्ग अनुसार मनमोहनलाई सरकारी अस्पताल बनाउनु नै हो। नाफा कमाउने निजी अस्पताल चलाउँदा त यो हालत छ भने नाफा घर लैजान नपाउने सार्वजनिक अस्पतालले यहि व्यवस्थापनले कसरी चलाउला? यसले मनमोहनको नाम भोलि थप बदनाम गराउने छ। एमालेले गम्भीरतापूर्वक सोच्नु जरुरी छ मनमोहनका नाममा पनि बिपी, गंगालालको नाममा जस्तै सरकारी अस्पताल चलाउँदा उनको सम्मान हुन्छ कि नाफामुखि निजी अस्पताल चलाउँदा? एमाले पार्टीले मनन गरि शिघ्र निर्णय गर्न जरुरी छ।
लेखक: माधव अधिकारी