कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण संक्रमण फैलिन रोकथामका लागि बेल्जियम सरकारले १३ मार्च २०२० देखी लकडाउन जारी गरेको थियो। र त्यो लकडाउन मई ३ सम्मको लागि थप गरेको थियो। सरकारको लकडाउन खुकूलो बनाउने Exit plan अनुसार त्यसलाई ३ चरणमा विभाजित गरिएको थियो। उक्त रणनीति अनुसार ४ मई २०२० बाट प्रथम चरणको Relaxation को सुरुवात भयो। जसअनुसार निजी घरहरूमा र स्कुलहरूमा सरसफाई गर्ने कार्यलाई पुनः सुचारू गरिएको थियो। साथै उउटै छानामुनि रहेका बाहेक अन्य व्यक्तिहरूसंग भेटघाट गर्न लगइएको प्रतिबन्धलाई खुकूलो बनाऊदै क्रमशः ४ जनाको सामाजिक भेटघाट गर्न सकिने अनुमति प्रदान गरेको थियो। र स्कुलहरू Partial रूपमा संचालन गरियो।
दोस्रो चरणको Relaxation १९ मईबाट प्रवेश गरेसंगै लत्ता कपडाका पसल, जुत्ता चप्पल, हेयर कटिङ सैलून, डिपार्टमेन्टल स्टोर र थप स्कुलहरू खुलेका थिए। साथै थप कक्षाका विद्यार्थीहरूको अध्यापन सुरू गरिएको थियो। सामाजिक भेटघाटको संख्या ४ जनताबाट बनाएर १० जनासम्म भेट्न सकिने अनुमति प्रदान गरेको थियो।
आज ८ जून २०२० बाट लकडाउनको Relaxation तेस्रो चरणमा प्रवेश गरेको छ। जस अनुसार होटल, रेष्टुरेन्ट, क्याफे बार आदि खोल्न पाइने छ। यद्यपि ठुला इभेन्ट, सभा, समारोहहरू र धेरै ठुलो भेलासहित आयोजना गरिने खेलकूद प्रतियोगिता, मेलाहरूको आयोजना लाई भने ३१ अगष्ट २०२० सम्मको लागि प्रतिबन्ध लगाइएको छ।
लेखकः दामोदर प्रसाद आचार्य, प्रेसीडेन्ट( लुम्बिनी कपीलबस्तु ग्लोबल क्याम्पियन, बेल्जीयम)