eNepal

अत्यावश्यक क्षेत्रलाई प्राथमिकता दिने गरि भोलि लकडाउनको मोडालिटी तयार हुने

जेठ २६ काठमाडौं । लकडाउन खुकुलो हुँदै गएपछि सरकारले मङ्गलबार थप मोडालिटी तय गरेर जनजीवन सहज बनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्ने बताईएको छ । पछिल्लो समय जनजिवन सहज बन्दै गएपछि सवारी साधन आवतजावतमा केही कडाइ गरेर कार्यालय, बन्द व्यापार सञ्चालन गर्न प्रशासनले पहिलेजस्तो कडाइ गरेको छैन । सीसीएमसीले असार १ गतेदेखि लागु गर्न पाँच चरणको योजना तय गरेको थियो । आईतबार बसेको उच्चस्तरिय समन्वय समितिको बैठकमा पनि त्यही मोडालिटी प्रस्तुत भएको थियो । मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले केही संशोधनसहित सीसीएमसीले तयार पारेको मोडालिटीलाई नै कार्यरूप दिने तयारी गरेको बालुवाटार निकट स्रोतले बताएको छ । सीसीएमसीले आफ्नो मोडालिटीमा उद्योग व्यवसाय खोल्ने, अत्यावश्यक क्षेत्रलाई प्राथमिकता दिने लगायतका कुराहरु समेटेको छ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal